तामनगर–फर्साटिकर सडकको ‘दानव नदि पुल’ उद्घाटन
बुटवल । बुटवलको तामनगर–फर्साटिकर सडकमा रहेको दानव नदीमा निर्माण सम्पन्न पुलको उद्घाटन भएको छ । शनिबार गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले पुलको उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन गर्दै गृहमन्त्री खाँणले अव त्यस क्षेत्रका हजारौं नागरिकलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीका अनुसार तामनगर–फर्साटिकर सडकमा निर्माण सम्पन्न १२७.१ मिटर लामो पुल निर्माणको लागि २०७४ असारमा श्री अर्घाखाँची बागलुङ जेभीले ठेक्का लिएको थियो भने २०७७ माघमा निर्माण सम्पन्न भएको थियो ।





















