प्रयासको निशुल्क योग शिविर सम्पन्न
बुटवल । प्रयास बचत तथा ऋण सहकारी संस्थाको नि:शुल्क योग शिविर शनिवार सम्पन्न भएको छ । प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल १२ को शिक्षा उपसमितिद्वारा सरस्वती मा.बि.को प्राङगणमा आयोजित तिन दिने निशुल्क योग शिविर गत चैत्र ३ गते देखि ५ गते सम्म आयोजना गरिएको संस्थाको शिक्षा उपसमितिका संयोजक तथा कार्यक्रम संयोजक तीर्थराज काफ्लेले बताउनु भयो। योग शिविरमा अन्तर्राष्ट्रिय योग प्रशिक्षक ऋषि न्यौपाने प्रशिक्षण दिनु भएको थियो ।
समापन कार्यक्रममा बोल्दै “ योग गरौ निरोगी बनौ ” भन्ने मूल मन्त्रका साथ स्वास्थ्य नागरिक र सभ्य समाज निर्माणको उदेश्य राखी शिविर कार्यक्रम आयोजना गरिएको जानकारी गराउदै प्रत्येक शेयर सदस्यलाई हरेक दिन बिहानमा आधा देखि एक घन्टासम्म योग गर्नुपर्ने सुझाव दिदै शिविरमा निरन्तर उपस्थिति र उत्साहजनक सहभागिताले कार्यक्रम सफल र फलदायी भएको संस्थाका अध्यक्ष भीम बहादुर थापाले बताउनु भयो ।
समापन कार्यक्रमका प्रमुख अथिति बुटवल उपमहानगरपालिका वार्ड नं १२ का वार्ड अध्यक्ष दुर्गा प्रसाद सुबेदीद्वारा नगरबाट गर्नु पर्ने योग शिविर कार्यक्रम सहकारीले गरेकोमा खुशी व्यक्त गर्दै सहकारीलाई धन्यवाद दिनु भयो । संस्थाका निबर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार सूर्यबहादुर राना, सल्लाहकार गोविन्द प्रसाद पौडेल, शेयर सदस्य प्रेम काफ्लेले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।






















