नेपाल बुद्धिजीवी परिषद्को अधिवेशन सम्पन्न

खबरपथ संवाददाता
६ चैत्र २०७८, आईतवार ०७:००

बुटवल । नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति रुपन्देहीको आठौँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा प्रा.डा. राम प्रसाद घिमिरे, उपाध्यक्षमा इन्द्र बहादुर थापा, सचिवमा मधुकर शर्मा, सह सचिवमा सविता निरौला, कोषाध्यक्षमा नारायण काफ्ले, सदस्यहरूमा शालिकराम भण्डारी, राम न्यौपाने, कृष्ण प्रसाद काफ्ले, प्रकाश सुवेदी, जित बहादुर रास्कोटी, नारायण भुसाल, सुष्मा भुसाल, पुरुषोत्तम पाण्डेय, भोजराज भण्डारी, हरि ज्ञवाली, मेघनाथ शर्मा, कृष्ण पौडेल, श्री रायमाझी र युवराज ज्ञवाली रहेको १९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

परिषद्का अध्यक्ष प्रा.डा. सूर्य बहादुर जिसीको अध्यक्षता, प्रदेश सांसद तथा नेपाल एमाले पोलिटव्युरो सदस्य लिला गिरीको प्रमुख आतिथ्यता, क. बालाराम ज्ञवालीको विशिष्ट आतिथ्यता, क. भूमिश्वर ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, तेजेन्द्र के.सी., सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर केसी लगायतको आतिथ्यतामा सम्पन्न भएको अधिवेशनको सञ्चालन सचिव उमापति न्यौपानेले गर्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरूले बुद्धिजीवीहरूको कलमले समाज परिवर्तन, द्वन्द्वात्मक भौतिकवादको सापेक्षता र श्रमजीवी वर्गको हकहितको विषयलाई वकालत गर्नुपर्ने बताए भने देशको आमूल परिवर्तनमा बुद्धिजीवी वर्गको उल्लेख्य भूमिका रहेको औँल्याएका थिए ।

अधिवेशनको बन्द सत्रमा वसन्तराज खनालको अध्यक्षतामा प्रा.डा. भोजराज कडरिया, बलबहादुर पाण्डे, प्रा.डा. सुर्य बहादुर जिसी र डा. खगराज शर्मा सदस्य रहेको अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व चयनका लागि सहजीकरण गरेको थियो भने नर्याँ नेतृत्वलाई बन्दसत्रका प्रमुख अतिथि क. बालाराम ज्ञवालीले सपथ ग्रहण गराउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*