रोटरी बैठकमा डिष्ट्रिक कन्फ्रेन्सको तयारीबारे छलफल

खबरपथ संवाददाता
७ चैत्र २०७८, सोमबार १४:४३

बुटवल । रोटरी क्लव अफ बुटवलको १४०६ औं नियमित बैठक क्लव सचिवालय बुटवलमा सम्पन्न भएको छ ।
बैठकको एजेण्डा बिजनेश रहेको थियो । क्लवका अध्यक्ष प्रा.डा. तारा प्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकमा सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयबारे जानकारी गराएका थिए ।
बैठकमा यही चैत १८, १९ र २० गते हुने डिष्ट्रिक कन्फ्रेन्सको तयारीका बारेमा छलफल भएको थियो । कन्फ्रेन्सको हालसम्मको तयारीबारे क्लवका सचिव खिम नारायण पराजुलीले जानकारी गराएका थिए ।
बैठकमा अध्यक्ष प्रा.डा. तारा प्रसाद उपाध्यायले अहिलेसम्म करिव २० जनाले कन्फ्रेन्समा जानका लागि रजिष्ट्रेशन गराइसकेको र २५ देखि ३० जनासम्म सहभागी हुनेगरी तयारी भैरहेको जानकारी गराएका थिए । बैठकमा रोटरीयनहरु आमोद सिमाङ्गैडा, कृष्णप्रसाद अर्याल, हरिप्रसाद पौडेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा तारा प्रसाद भट्टराई, झविन्द्र प्रसाद कंडेललगायतले डिष्ट्रिक कन्फ्रेन्सका लागि गर्नुपर्ने तयारीका कामबारे आ–आफ्नो सुझाव दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*