पत्रकारीता राम्रो बनाउन राम्रा पत्रकार उत्पादन गर्नुपर्छ – अध्यक्ष बस्नेत

खबरपथ संवाददाता
१२ चैत्र २०७८, शनिबार २२:५३

तिलोत्तमा । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारीता राम्रो बनाउनका लागी राम्रा पत्रकार उत्पादन गर्नुपर्ने बताउनु भयो । तिलोत्तमा मिडिया क्लवको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष बस्नेतले पत्रकारमा अध्ययनशिलता, धैर्यता र संयशिलता हुनुपर्ने बताउनुभयो । उहाँले अनलाईन मिडियाहरुको नियमनमा काउन्सिल लागिरहेको बताउनु भयो । उहाँले आधुनिक प्रविधिलाई आत्मसात गर्दै नयाँ मिडियालाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अनलाईन मिडियालाई पनि लोक कल्याणकारी बिज्ञापन दिने बिषयमा काउन्सिलले अध्ययन गरिरहेको बताउनुभयो । उहाँले गलत गर्ने अनलाईन मिडियाको कडाईका साथ अनुगमन भईरहेको बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले मिडिया हाउसहरू प्रवद्र्धन हुने गरी नीति बनाउन आग्रह गर्नुभयो ।

साधारणसभाको अवसरमा ज्ञानकाशी स्मृति पत्रकारीता पुरस्कारबाट पत्रकार टिकाराम घिमिरे सम्मानित हुनुभएको छ । घिमिरेलाई प्रमुख अतिथि बस्नेतले नगद तथा प्रमाण पत्रले सम्मान गर्नुभएको थियो ।

क्लवका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता, उपाध्यक्ष वीपी गौतमको स्वागत, सचिव टी.आर. शर्माको संचालनमा भएको साधारण सभामा अकोरावका पूर्व अध्यक्ष मोहन चापागाईं, पत्रकार महासंघका पुर्व अध्यक्ष शेरबहादुर केसी, बरिष्ठ पत्रकार मदनलाल पौडेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, सल्लाहकार दिनेश पाण्डे, निर्वाचन मण्डल सदस्य घनश्याम गौतम, मिनाक्षी न्यौपाने, नेकपा एमाले तिलोत्तमा नगर कमिटी सचिव मीन प्रसाद पोखरेल, माओवादी केन्द्रका धनबहादुर गुरुङ, यातायात मजदूर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य भुवन कार्की, नेपाल प्रेस युनियन रुपन्देहीका उपसभापति दिपक घिमिरे लगायतले शुभाकामना दिनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*