माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चिनियाँ विदेश मन्त्री वाङबीच भेटवार्ता
खबरपथ संवाददाता
१३ चैत्र २०७८, आईतवार १२:३३
काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।
भेटवार्ताका लागि प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ आज मेरियट होटलमा पुग्नु भएको थियो ।
यस अघि मेरियट मै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरूसँग विदेशमन्त्री यीले भेटवार्ता गर्नु भएको थियो।
विदेशमन्त्री यीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नु भएको थियो।





















