ओमसतियाका भुुमीहिनलाई लालपुुर्जा बितरण
भैरहवा । रुपन्देहीको ओमसतिया गाउपालिका २ करबलाका भुुमीहिनलाई जग्गाधनी लालपुुर्जा बितरण गरीएको छ । लामो समयदेखी भुुमी नपाएका उक्तगाँउका २४ जनालाई बुुधवार एक कार्यक्रमका बिच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले लाल पुुर्जा बितरण गरेका हुुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेता खाणले यस पटक छुुटेका अन्य भुुमीहिनलाई समेत छिट्टै लालपुुर्जा बितरणको लागी पहल गरीने बताए । उनले जिल्लामा रहेका अन्य भुुमीहिनलाई भुुमी दिलाउन र अब्यबस्थित बसोबासलाई ब्यबस्थित गर्न कांग्रेसले पहिलो प्राथमीकता दिएको बताए । रुपन्देहीका अहिले भुुमीहिनको बिबरण सकंलन र जग्गा नापजाँच भईरहेको भन्दै छिट्टै सवै भुुमीहिनलाई भुुमीको ब्यबस्थापन गरीने उनले बताए ।

जिल्लामा राष्ट्रिय भुुमी आयोग रुपन्देहीले जग्गानाप जाँच गरीरहेको छ । त्यस्तै नेता खाणले जन्मसिद्ध नागरीकतामा देखीएको समस्या समाधानका लागी समेत पहल गर्ने बताए । उक्त बडाका बडा अध्यक्ष ज्ञानेशा श्रेष्ठले लामो समयको सघर्ष पछि भुुमीहिनलाई भुुमीदिलाउन सफल भएको बताए । यसपछि उक्त बडाका बर्दीहवा र बिरनगरमा रहेका भुुमीहिनलाई गाँउब्लकको जग्गा लालपुर्जा बितरण गर्ने योजना रहेको बताए ।






















