प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

खबरपथ संवाददाता
१८ चैत्र २०७८, शुक्रबार ११:०९

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जानु हुने भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहनु भएका देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज दिउँसो १ बजे भारत प्रस्थान गर्नुुहुने भएको हो ।

प्रधानमन्त्री देउवासहित परराष्ट्र मन्त्री नारायण खड्का, ऊर्जा मन्त्री पम्फा भुसाल, स्वास्थ्य मन्त्री विरोध खतिवडा र कृषि मन्त्री महिन्द्र राय यादव  सहित ५० सदस्यीय भ्रमण टोली भारत जाने भएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले जनकपुर- जयनगर रेलको संयुक्त रूपमा उद्घाटन गर्ने तयारी समेत रहेको छ ।

भ्रमणका क्रममा सीमा विवाद, ऊर्जा, द्विपक्षीय हित, व्यापार तथा लगानी लगायत विभिन्न विषय नेपालले प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*