पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीको आन्दोलन स्थगित

खबरपथ संवाददाता
२० चैत्र २०७८, आईतवार ०८:२६

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएपछि आन्दोलन स्थगित गरेका छन् । आफूहरुको माग पूरा गर्न नेपाल आयल निगम सहमत भएको भन्दै ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन ।

ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लामो लाइन लागेको थियो ।
नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार भएको वार्तामा सहमति भए पछि व्यवसायी र नेपाल आयल निगमले चार बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

व्यवसायीले राखेका मागमध्ये पेट्रोलियम बिक्रेता कमिसन सम्बन्धी र एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागबारे सात दिनभित्र उचित निष्कर्ष निकाल्ने सहमति भएको छ । तीबाहेक अरु मागका बारेमा १५ जेठसम्ममा पूरा गर्ने गरी काम गर्ने सहमति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*