नेपाली काँग्रेस बुटवल -१७ मा अध्यक्षका लागी सर्वसम्मत उम्मेद्धवार चयन
बुटवल । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बुटवल वडा नं. १७ ले अध्यक्ष पदका लागी सर्वसम्मत उम्मेद्वार चयन गरेको छ ।
आइतबार बिहान बसेको काँग्रेसको वडा भेलाले सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार चयन गरेको हो । भेलाले ज्ञान बहादुर रेश्मीलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा सदस्यहरुको हकमा भने छलफल गरेर मात्रै टुंगो लगाउने उपसभापति केशव भट्टराईले बताए ।
अध्यक्षको उम्मेद्धवार रेश्मी मगरले अहिले जसरी पनि जीत हात पार्ने गरी काँग्रेस मिलेर अगाडि बढेको बताए । भेलाले जसरी सर्वसम्मत नाम अगाडि सारेको छ, त्यसैगरी चुनावमा पनि एक भएर जाने प्रतिबद्धता ब्यक्त गरे ।
पार्टीका वडा सभापती ओम बहादुर घिमिरे (बाबुराम) ले पार्टीमा अहिले कुनै प्रकारको मनमुटाव नरहेको र सबैले एकमतका साथ सर्वसम्मत उम्मेदवार चयन भएकाले जीत निकाल्न सकिन्छ भन्ने विश्वास बढेको बताए ।






















