भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

खबरपथ संवाददाता
२० चैत्र २०७८, आईतवार २०:५९

काठमाण्डौं । भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किनु भएको छ । प्रधानमन्त्री देउवा नेपाल एयरलाइन्सको विमानबाट आइतबार साँझ स्वदेश फर्किनु भएको हो ।

प्रधानमन्त्री देउवाको स्वागतका लागी कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाण, सभामुख अग्निप्रसाद सापकोटा सहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थल पुग्नु भएको थियो । गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानु भएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गर्नुभएको थियो । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले सयुंक्त रुपमा जनकुपुर–जयनगर रेल सेवाको भर्चुअली उद्घाटन गर्नुभएको थियो। प्रधानमन्त्री देउवा आइतबार बिहान धार्मिक नगरी वाराणसी पुग्नुभएको थियो ।
त्यस अवसरमा उहाँलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री देउवाले वाराणसीको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना समेत गर्नुभएको थियो । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा। नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्र राय यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि रहनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*