प्रगतिशील पत्रकार संघ रुपन्देहीको अध्यक्षमा बिरेन्द्र कुँवर
खबरपथ संवाददाता
२१ चैत्र २०७८, सोमबार १२:१४
बुटवल । प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीको अध्यक्षमा बिरेन्द्र कुँवर चयन भएका छन् । बुटवलमा भएको सम्मेलनले कुँवरको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा सुरेन्द्र रेग्मी, सचिवमा टेकराज भुसाल, सहसचिवमा प्रकाश जिसी, कोषाध्यक्षमा शारदा पान्डे र सदस्यहरुमा दिपा बिक, सुरेश आचार्य, भानुभक्त शर्मा, टिकाराम घिमिरे, राम खड्का, बिमल खरेल, दिपक बस्नेत र अनिल थापा चयन भएका हुन् ।






















