लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुरामा स्थापना हुने
बुटवल । लुम्बिनी प्रदेश सरकार अन्तर्गत उच्च शिक्षा परिषद्को बैठक परिषदका अध्यक्ष तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री श्री कुलप्रसाद के. सीको अध्यक्षतामा बसेको छ । लुम्बिनी प्रदेशको आर्थिक बर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममा प्रदेश विश्वविधालय बाँके जिल्लाको खजुरामा स्थापना गरिएको छ ।
बजेट तथा कार्यक्रममा विश्वविद्यालय स्थापना तथा सञ्चालनको लागि रु पाँच करोड बजेट विनियोजन भएको जनाइएको छ । यस्तै विश्वविधालयको स्थापना र सञ्चालन गर्ने गरी विश्वविद्यालय ऐन,२०७८ को दफा १३ बमोजिम र विश्वविद्यालय नियमावली, २०७८ को नियम ३ को उपनियम ९१० अनुसार अनुसूची –२ बमोजिमको ढाँचामा विश्वविद्यालयको विधान तयारी गर्न शिक्षा, विज्ञान, युवा तथा खेलकूद मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
विश्वविद्यालयका लागि बाँके जिल्लाको खजुरामा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।





















