रामनवमीको अवसरमा भोलि सार्वजनिक विदा
खबरपथ संवाददाता
२६ चैत्र २०७८, शनिबार १९:०३
बुटवल। सरकारले भोली (आइतबार) रामनवमीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
रामनवमीको अवसरमा शनिबार गृह मन्त्रालयले सूचना प्रकाशन गरी देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।






















