दलित अधिकार र सवालमा सरोकारवाला निकायको भुमिका बिषयक अन्तरक्रिया
कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा दलित अधिकार र सवालमा सरोकारवाला निकायको भुमिका बिषयक अन्तरक्रिया संपन्न गरिएको छ ।
समता फाण्डेसनको सहयोगमा दलित सामाजिक बिकास केन्द्रले आयोजना गरेको कार्यक्रममा दलितका मद्दामा सरकारी सेवा प्रदायक र ठुला दलहरु गम्भिर बन्न नसकेको सरोकारवालाले आरोप लगाएका छन । अन्तरक्रियाका सहभागीले बिगतमा स्थानिय निकायको बजेटमा ३५ प्रतिशत लक्षित बर्गका लागी बिनीयोजन र खर्च भए पनि अहिले स्थानिय तहले दलितको क्षेत्रमा बजेट बिनीयोजनमा ध्यान पुर्याउन नसकेको बताए । दलित अधिकारकर्मी डम्बर सिंह सुनारले अहिले स्थानीय तहले लक्षीत बर्गको बजेट समेत आफु खुशी खर्च गर्ने गरिएको बताए । अधिकारकर्मी महातम चमारले संबिधानमै आरक्षणको व्यवस्था नभए सम्म दलित समुदायले अधिकार नपाउने नवलपरासीका दलिते बताए ।
दलित गैर सरकारी संस्था महासंघका कार्यकारी निर्देशक ईमान सुनारले स्थानिय तहको आगामी निर्वाचनमा कति दलित जनप्रतिनिधी रहने भन्ने बिषयमा राजनितक दल सँग छलफल चलाउने र सो बिषयलाई एजेण्डाको रुपमा अगाडी बढाउनु पर्ने बेला आएको बताए । प्रतिनिधीसभाकी सदस्य जानकी रामले दलित समुदायको अधिकारको सुनिश्चितताका लागी श्रोतमा पुहँच भए नभएको निक्योल गरि अगाडी बढ्न आवश्यक रहेको बताईन । राष्ट्रियसभाका पुर्व सदस्य रामलखन हरिजनले संबैधानिक व्यवस्था अनुसार समानुपातिक र समावेशिकताको निती अबलम्बन गरिनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एसकी जिल्ला उपाध्यक्ष गिता अन्जान, यशोधरा गाउँपालिकाका सामाजिक बिकास अधिकृत कृष्णनाथ पाण्डेय, कपिलवस्तु बारका अध्यक्ष हुम बहादुर कुवर, प्रहरी निरिक्षक रेशमलाल पौडेल, मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परमेश्वर यादव यशोधरा गाउपालिकाका कृष्ण पाण्डेय लगायतले दलित समुदायको शिक्षा, स्वास्थ्य र क्षमता बिकासमा लगानी गर्नु पर्नेमा जोड दिए ।
दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष संजय कुमार कोरीको अध्यक्षता, बिन्दबासिनी हरिजनको सञ्चालन र रिखीराम हरिजनको स्वागतमा सम्पन्न अन्तरक्रियामा संस्थाका कार्यकारी निर्देशक रामशरन रैदासले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।





















