शिवनगर सामुदायिक बनमा नयाँ बर्ष २०७९ को क्यालेन्डर बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
बुटवल । शिवनगर सामुदायिक बन उपभोक्ता समुह ७, ८,९ र ११ को नयाँ बर्ष २०७९ को क्यालेन्डर बिमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार शिवनगर सामुदायिक बनको कार्यालयमा अध्यक्ष ,सल्लाहकारहरु, लेखा संयोजक र पदाधिकारीहरुले संयुक्तरुपमा क्यालेन्डरको बिमोचन गरेका थिए ।

क्यालेन्डर बिमोचन गर्दे अध्यक्ष नारायण बहादुर घिमिरे नयाँ बर्ष २०७९ को पावन अवसरमा सम्पूर्ण बनका उपभोक्ता, समितिका पदाधिकारी, सदस्य, सल्लाहकारहरु , शुभचिन्तक र देश बिदेशमा रहनु भएका नेपाली दाजुभाईदिदीहरुमा शुभकामना ब्यक्त गरेका थिए । साथै अध्यक्ष घिमिरेले नयाँ बर्षमा सामुदायिक बनको संरक्षण , प्रबर्धन र उन्नयनका कार्य गर्न सम्पूर्णमा थप उर्जा प्राप्त होस भन्दै शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा बनका सल्लाहकारहरुको तर्फबाट लक्ष्मण आचार्यले आउँदै गरेको नव बर्ष २०७९ को सम्पूर्णलाई शुभकामना ब्यक्त गरेका थिए । आचार्यले गर्मीयामको समयमा ढडेलोको जोखिम बढ्ने भएकाले सबैले ध्यान दिन जरुरी रहेको बताएका थिए ।

त्यसैगरी लेखा समितीका संयोजक कृष्ण बहादुर कार्की, महिलाहरुको तर्फबाट सदस्य लक्ष्मीदेबी ज्ञवाली , सदस्य अर्जुन बहादुर कुंवर लगायतले शुभकामना दिएका थिए । बनका उपाध्यक्ष थानेश्वर बस्यालको संयोकत्वमा नवबर्ष २०७९ को क्यालेण्डर तयार गरिएको थियो ।
त्यसैगरी उक्त कार्यक्रममा गत फाल्गुन २७, २८ र २९ गते सम्पन्न भएको अध्ययन अवलोकन भ्रमणको समिक्षा पनि गरिएको थियो । बनका लेखा समिति सदस्य हरी प्रसाद रेग्मीले अध्ययन अवलोकन भ्रमणको समिक्षात्मक टिपणी सुनाएका थिए । त्यसैगरी बनका सल्लाहकार बल बहादुर आचार्यले भ्रमण अत्यन्तै फलदायी रहेको बताएका थिए । आचार्यले छोटो समयको बाबजुत पनि भ्रमण अत्यन्तै राम्रो रहेको उल्लेख गरेका थिए ।

उक्त कार्यक्रममा कोषाध्यक्ष राजेन्द्र रिजाल (राजु) को तर्फबाट मासिक आय ब्यय प्रस्तुत गरि पारित गरीएको थियो । शिवनगर सामुदायिक बन का अध्यक्ष नारायण बहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण बनका सचिव श्यामकलि आाचार्यले गरेकी थिईन । कार्यक्रममा बनका पदाधिकारी , सल्लाहकार ,लेखा समितिका सदस्य , प्रेस सल्लाहकार , कानुनी सल्लाहकार ,कर्मचारीहरु लगायतको सहभागित रहेको थियो ।





















