रुपन्देहीको बनबाटिका नजिकै खुल्यो डाली रेष्टुरेन्ट

खबरपथ संवाददाता
३० चैत्र २०७८, बुधबार २०:१०

बुटवल । रूपन्देहीको तिलोत्तमा स्थित शंकरनगरवनवाटिका नजिकै डेढ करोडको लगानीमा डाली रेष्टुुरेन्ट सञ्चालनमा आएको छ । तिलोत्तमा नगरपालिका १ शंंकरनगरमा सञ्चालन गरिएको रेष्टुुरेन्ट नयाँ बर्षको दिनदेखि औपचारीक रुपमा शुरु हुनेछ । रेष्टुुरेन्टले बुुधबार पत्रकार सम्मेलन गरि २०७९ सालको शुरुवातसँगै नयाँ शैलीमा डालीको शुुभारम्भ गर्न लागिएको जनाएको हो ।

विगत १८ बर्षदेखि जापानमा होटेल क्षेत्रमा काम गरेका कृष्ण घिमिरेले स्वदेशमै रोजगारीको वातावरण सृजना गर्ने गरि रेष्टुुरेन्ट सञ्चालनमा ल्याएको बताए । गुुल्मी मुसिकोटा जन्मिएका घिमिरे अहिले तिलोत्तमा शंकरनगरमा बसोबास गर्छन । अहिले पनि जापानको टोकियोमा ४ वटा होटल सञ्चालन गरेका उनले आफ्नै ठाउँमा पारिवारिक रेष्टुरेन्ट सञ्चालन गरिएको बताए । ‘झण्डै १५ वर्ष जापान र भारतका बिभिन्न शहरहरुमा काम गरे, जापानमै बस्न पनि सकिन्थ्यो, नेपालमा  पनि रोजगारी दिलाउन सकिन्छ भनेर लगानी गरेको छुु’ उनले भने ।

तिलोत्तमा नगरपालिकाकोे नजीकै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक तथा बाह्य पर्यटकको आर्कषणको केन्द्रविन्दु लुम्बिनी आउने पर्यटकहरुलाई आकर्षित गर्ने गरि रेस्टुरेन्ट तयार पारिएको संचालक घिमिरेले बताए । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई नेपाली स्वाद डालीबाट चखाउने लक्ष्य रहेको उनले बताए । विवाह पार्टी, ब्रबन्ध, पारिवारिक जमघट, सेमिनार ,गोष्ठीका लागि मध्यनजर गरेर संरचना बनाइएको व्यवस्थापक बिष्णु आचार्यले बताए । १ सय ५० जना अट्ने क्षमताको हल, जन्मदिन र बैबाहिक वर्षगाठ मनाउँनको लागि २ वटा क्याविन गार्डेनसँगै ७ वटा खरले छाएका कटेज ३ वटा खुल्ला कटेज निर्माण गरिएको छ । गार्डेन सँगै फाउन्टेन ,हरियाली वातावरणसँगै विभिन्न नयाँ स्वाद लिन पाइने आचार्यले बताए ।

शंकरनगर वनवाटिकासँगै नजिकै रहेकाले त्यहाँका पर्यटकहरुले समेत शान्त वातावरणमा बसेर पारिवारिक भोजन गर्न सक्ने व्यवस्थापक विष्णु आचार्यले बताए । शंकरनगर बनबाटिकाबाट ५ सय मिटर पूर्व हरियाली सहित सञ्चालन गरिएको डाली विहिबार एक समारोहका विच उद्घाटन गरिनेछ । नयाँ बर्षको अवसरमा १० प्रतिशत छुट दिइएको आचार्यले बताए ।

मिसन एग्रो टुरिजम प्राली मार्फत संचालन भएको डालीमा १८ जनाले रोजगारी पाएका छन । मिसन एग्रोले कृषी, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्ने उदेश्य राखेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*