जनमुक्ति युवा संघद्धारा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रमको आयोजना

खबरपथ संवाददाता
१ बैशाख २०७९, बिहीबार २०:०२

बुटवल । जनमुक्ति युवा संघ बुटवलले शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।

संघले नयाँ वर्ष २०७९ सालको अवसरमा बिहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरेको हो । उक्त अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष भीम बहादुर रानाले देशको मुहार बदल्नका लागि युवाहरु राजनीतिमा आउन जरुरी रहेको बताउनु भयो । दलका नेताहरु देशको हित भन्दा पनि आफ्नो स्वार्थ र नेताको हिततर्फ बढि केन्द्रित भएकाले देशमा नेताकै कारण समस्या निम्तिएको उहाँको भनाई थियो । नेताहरुको अकर्मन्यताका कारण एमसीसी जस्ता थुप्रै राष्ट्रघाती सम्झौताहरु गरेर नेपाललाई चिन र अमेरीकाको क्रिडास्थल बनाउन खोजेको उहाँको भनाई थियो । अब आउने स्थानीय चुनाबलाई लक्ष्यित गर्दै उहाँले जनताले सुझबुझका साथ निर्णय लिनुपर्ने समय आएको बताउनु भयो । पटक पटक एउटै दल र नेतालाई जिताउने अनि देश विकास भएन भन्नु मतादाताको गल्ति हुने भन्दै उहाँले आफ्नो दल राष्ट्रिय जनमुक्ति पार्टीलाई एक पटक मत दिएर परिक्षण गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीबाट बुटवल उपमहानगरपालिकाको प्रस्तावित उपमेयर बीमला गुरुङ्गले बोल्दै बुटवलको वास्तविक विकासका लागि आफ्नो उम्मेद्वारी रहेको भन्दै आफुलाई मत दिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा जनमुक्ति युवा संघका केन्द्रिय अध्यक्ष शंकर गाहा, पार्टीका जिल्ला सदस्य थर्क बहादुर बारघरे, राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर अध्यक्ष भेष बहादुर सारु, जनमुक्ति युवा संघ रुपन्देही जिल्ला अध्यक्ष एकु राना, प्रकाश थापा, प्रेम पुन, खेम आले लगायतले बोल्नु भएको थियो ।

सोही अवसरमा विभिन्न पार्टी परित्याग गरि बुटवलका सय बढि युवाहरु जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीका केन्द्रिय उपाध्यक्ष भीम बहादुर रानाले खादा र टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*