पत्रकार महासंघ रुपन्देहीको क्यालेन्डर विमोचन

खबरपथ संवाददाता
१ बैशाख २०७९, बिहीबार २१:४५

नेपाल पत्रकार महासंघ रुपन्देहीले नयाँ वर्ष २०७९ सालको क्यालेन्डर विमोचन गरिएको छ । बिहिबार पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष, पदाधिकारी र कार्यसमिति सदस्यहरुले संयुक्त रुपमा क्यालेन्डर विमोचन गरेका हुन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको सभाहलमा भएको कार्यक्रममा नयाँ वर्षको शुभकामना दिँदै अध्यक्ष रामराज पोख्रेलले क्यालेन्डर संस्थागत दस्तावेज भएको बताउनु भयो ।
साथै बिहीवार नै बसेको महासंघ रुपन्देहीको सचिवालय बैठकले आशन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पत्रकारहरुलाई आचारसंहिता सम्बन्धि कार्यक्रम गर्ने निर्णय गरिएको सचिव विनोद परियारले बताउनु भयो । उहाँका अनुसार निर्वाचन कार्यालयको सहयोग तथा महासंघको समन्वयमा हुने कार्यक्रममा पत्रकार, सञ्चार सस्था, पत्रकार संगठन लगायतलाई प्रतिनीधिमुलक सहभागिता गराईने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*