पत्रकारहरुमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाही गर्न महासंघ लगायत पत्रकारसंम्बद्ध संघसंस्थाहरुको माग

खबरपथ संवाददाता
२ बैशाख २०७९, शुक्रबार २२:३६

बुटवल । रुपन्देहीको तिलोत्तमामा गत बुधवार राति शंकास्पद रुपमा मृत्यु भएकी अमृता खत्री टण्डनको समाचार संकलनको लागि गएका पत्रकारहरु माथी प्रहरीले दुव्र्यवहार गरेको छ । मृतक अमृताको माईती पक्षले उक्त घटनाको छानविनको माग गर्दै ईलाका प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेको समाचार संकलनको लागि गएका बुटवलका पत्रकारहरु शरण कुमार कर्माचार्य, दिनेश श्रेष्ठ , डीबी सुस्लिङ र सन्त कुमार श्रेष्ठ लगायत संञ्चारकर्मीहरु माथी दुव्र्यवहार गरेको हो ।

प्रहरीको दुर्व्यवहार प्रति पत्रकार महासंघ रुपन्देहीले  प्रेस विज्ञप्ती निकाल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य सहित सञ्चारकर्मीहरुमाथि रिर्पोटिङमा खटिएको बेला प्रहरीबाट भएको हातपात र दुर्व्यहार प्रति महासंघको गम्भीर ध्यानार्कषण भएको जनाएको छ । विज्ञप्तीमा इलाका प्रहरी कार्यालय बुटवल अगाडि गरेको प्रदर्शनको रिर्पोटिङका क्रममा सञ्चारकर्मीहरु माथि हातपात, गाली गलौज र दुर्व्यहार भएको प्रति खेद प्रकट गरेको छ ।

पत्रकारहरुमाथि हातपात गर्ने, गालीगलौज र दुर्व्यहार गर्ने प्रहरीलाई कारवाही गर्न महासंघले जोडदार माग गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसैगरी पत्रकार महासंघ लुम्बिनी प्रदेशले प्रेस विज्ञप्ती निकाली सञ्चारकर्मीहरु माथि हातपात, गाली गलौज र दुर्व्यहार प्रति खेद प्रकट गर्दे दोषी उपर छानबिन गरी कारबाहीको माग गरेको छ ।

त्यसैगरी प्रेस युनियन , प्रेस चौतारी, प्रगतिशिल पत्रकार संघ, प्रेस सेन्टर लगायत पत्रकारसंम्बद्ध संघसंस्थाहरुले विज्ञप्ती निकाली पत्रकारहरुमाथि भएको दुर्व्यवहारको खेद प्रकट गर्दे दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाही गर्न माग गरेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*