भलाई कोषद्धारा अपाङ्ग आश्रममा खाद्यान्न सहयोग

खबरपथ संवाददाता
३ बैशाख २०७९, शनिबार १७:१०

बुटवल । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले आफ्नो ४८ औं स्थापना दिवसका अवसरमा अपाङ्ग आश्रममा खाद्यान्न वितरण गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि कोषले खाद्यान्न सामग्री प्रदान गरेको हो । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेल र कोषका पुर्व अध्यक्ष, मानार्थ सदस्य एवं सल्लाहकार कुमार थापाले उक्त खाद्यान्न सामग्री आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई प्रदान गरेका हुन् ।
कार्यक्रममा कोषका अध्यक्ष दिनेश फुल्लेलले यस्ता गतिविधिले संस्थाको गरिमा उचो हुने बताए । भलाई कोषले सामाजिक उत्तरदायित्व बहन गर्न आश्रममा खाद्यान्न वितरण गरेको उनले बताए ।
कार्यक्रममा कोषका उपाध्यक्ष छविलाल थापा, महासचिव योग गुरुङ, सदस्यहरु दिलीप कार्की, कृष्ण रेग्मी, सुदर्शन धिताल, कानुनी सल्लाहकार कमल भट्टराई, प्रेस सल्लाहकार लक्ष्मण पौडेल, कार्यालय प्रमुख थानेश्वर बस्याल, बरिष्ठ लेखा अधिकृत क्रृषि अर्याललगायत कोषका कर्मचारीहरुको सहभागिता थियो ।
त्यस अवसरमा आश्रमका अध्यक्ष डोलबहादुर रामदामले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्झेर आश्रमसम्म आएकोमा खुशी व्यक्त गरे । सामाजिक सहयोग नै मुख्य स्रोत रहेको आश्रमलाई ठुलो मात्रामा खाद्यान्न उपलब्ध गराउनुका साथै स्थापनाको उत्सव आश्रममा मनाएर भलाई कोषले अनुकरणीय काम गरेको भन्दै उनले धन्यवाद व्यक्त गरे ।
अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अनिल तिवारीले गरेका थिए । उपाध्यक्ष राधेश्याम पटेलले कार्यक्रमको उदेश्य र चौतारीको स्थापना दिवसको विषयमा प्रकाश पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*