शिक्षाको विकासमा निजी क्षेत्रबाट प्रशंसा योग्य काम भईरहेको छ : शिक्षामन्त्री खाँ
बुटवल । लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले शिक्षाको विकासमा निजी क्षेत्रबाट प्रशंसा योग्य काम भईरहेको बताउनु भएको छ । मन्त्री खाँले शिक्षाको क्षेत्रमा सरकारले गर्नुपर्ने काम नीजि क्षेत्रबाट भएको पनि बताउनु भएको छ । उहाँले शिक्षामा जती लगानी गर्नुपर्ने हो, त्यो लगानी सरकारले गर्न नसकिरहेको बताउँदै विश्वबजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थामा नीजि क्षेत्रले गरेको लगानीको प्रशंसा गर्नुभयो ।
द ब्रिटिस कलेज काठमाडौँ र द ब्रिटिस एजुकेसन गु्रप युकेको पूर्ण व्यवस्थापनमा रुपन्देहीको तिलोत्तमामा सञ्चालित नमस्ते एकेडेमीले शनिबार आयोजना गरेको ओपन हाउस कार्यक्रममा बोल्दै मन्त्री खाँले स्वदेशमै हुने यस्ता लगानीले अध्ययनकालागि विदेश जाने युवायुवतीलाई रोक्न मद्धत गर्ने र भईरहेको पुँजी पलायनलाई पनि रोक्न मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयले विद्यार्थीका अभिभावक तथा सुभेच्छुकहरुलाई आफ्ना कार्यक्रम र विद्यालयमा भईरहेका गतिबिधिहरु जानकारी गराउनको लागि ओपन हाउस कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रमुख कार्यकारी अधिकृत राजन कंडेलले समाज रुपान्तरणमा शिक्षा महत्वपूण हुने र त्यस्तो शिक्षाको लागि शैक्षिक क्षेत्रमा समेत रुपान्तरण देखिएकोले विश्वबजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा दिनेगरी शैक्षिक संस्था सञ्चालन गरिएको बताउनु भयो ।
परम्परागत शिक्षण सिकाइ भन्दा फरक र विद्यालय पहिलो घर भन्ने अबधारणलाई आत्मसात गरी ब्रिटिस शिक्षा पद्दतिलाई आधार मानेर आधुनिक विश्व परिवेश सुहाउँदो जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित विदेशी शिक्षक एवम् परामर्सदाताको निर्देशनमा शैक्षिक कार्यक्रम सञ्चालन गरिएको विद्यालयका संस्थापक अध्यक्ष डिल्लीनारायण पाण्डेयले जानकारी गराउनु भयो ।
विद्यालय व्रिटिस ग्रुपका प्रमुख अरुणकुमार कंडेलका अनुसार वेलायतमा अभ्यास गरिने शिक्षण सम्बन्धि उच्चस्तरिय सीप र प्रविधिलाई नेपाली परिवेशमा प्रयोग गरेर ‘ग्लोवल टु लोकल अवधारणा अनुरुप विद्यार्थीको चौतर्फी विकासमा अग्रसर रहेको छ । अंग्रेजी भाषामा विद्यार्थीलाई दक्ष बनाउनको लागि विदेशी शिक्षकबाट विशेष अंग्रेजी कोर्स एवम नाटक तथा नृत्य प्रशिक्षणको व्यवस्था गरिएको उहाँले बताउनु भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरणमा सहज किसिमले आफ्नो पहुच बनाउन भनेर एघारदेखि सोर बर्ष उमेरका विद्यार्थीलाई यसै बर्षदेखि किडस एमबिए कार्यक्रम सञ्चालनमा ल्याईएको छ । विद्यालयले सञ्चालन गरेका कार्यक्रममा आफ्ना बालबालिकाले कसरी अध्ययन गरिरहेका छन्, उनीहरुको सिकाई पद्धती कस्तो छ लगायतका समग्र विषयमा प्रत्यक्ष जानकारी लिएका थिए ।






















