सिद्धार्थनगरमा एमालेको प्रचार डेस्क स्थापना

खबरपथ संवाददाता
१३ बैशाख २०७९, मंगलवार २१:३०

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सिद्धार्थनगरमा प्रचार डेस्क स्थापना गरेको छ । भैरहवास्थित एमाले जिल्ला पार्टी कार्यालयमा स्थापना गरिएको डेस्कको मंगलबार एक कार्यक्रमकाबीच पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य पम्फावती खनालले उद्घाटन गरेकी छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले सञ्चार माध्यममा विश्वासिलो माध्यम भएको बताइन् । उनले पार्टीले गरेका कार्यक्रमको प्रचारप्रसार गर्न मिडियाको महत्वपूर्ण भूमिका रहेको बताइन् । उनले भनिन्, ‘प्रचारप्रसारलाई व्यापक रुपमा अगाडी बढाउन आवश्यक मिडियाबाट सल्लाह सुझाव समेत आवश्यक छ ।’

त्यस्तै एमालेबाट सिद्धार्थनगर नगरपालिकाका उम्मेदवार डा. रामप्रसाद बस्यालले प्रचारप्रसारलाई व्यवस्थित गर्न प्रचार डेस्कको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ’निर्वाचनको प्रचारप्रसारका क्रममा आवश्यक सल्लाह सुझाव मिडिया र सञ्चारकर्मीबाट समेत आउन आवश्यक छ ।‘

एमाले रुपन्देही प्रचार विभागका सचिव नरेश केसीको सञ्चालनमा भएको कार्यक्रममा एमालेबाट सिद्धार्थनगर नगरपालिका उपप्रमुखको उम्मेदवार उमा अधिकारी, पार्टीका रुपन्देही जिल्ला सचिवालय सदस्य जीवलाल अर्याल, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारी, एमाले सिद्धार्थनगर कमिटी उपसचिव माया कंडेल, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य लक्ष्मी के.सी.लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*