बुटवलमा पनि मनाईयो विश्व मजदुुर दिवस
बुटवल । विश्वका मजदुर एक हौं भन्ने मुल नाराका साथ बुटवलमा अन्तराष्ट्रिय मजदुर दिवस मनाईएको छ । बुटवलमा नेपाल नेपाल ट्रेड युनियन महासंघ बुटवल उपमहानगरकमीटिको आयोजनामा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै नेकपा जिफण्ट राष्ट्रिय कमिटि उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज कमल गौतमलले मजदुरको सम्मान विना आर्थि समृद्धि संभव नभएको बताए । नेकपा एमाले केन्द्रीय सदस्इ समेत रहेका नेता गौतमलले मजदुर आन्दोलनमा नेकपा एमालेको साथ सहयोग रहेको बताए । उनले सबैको एकताबाट मात्रै मजदुर आन्दोलनले सार्थकता पाउने भन्दै आफ्नो पार्टी जहिले पनि मजदुरको पक्षमा रहेको बताए ।
मजदुरको पक्षमा विभिन्न दलले आफ्नो घोषणा पत्रमा विभिन्न सेवा सुविधा प्रदान गर्ने घोषणा गरेपनि सोही अनुसार कार्यान्वयन नभएको भन्दै उनले चुनावको बोलमा मात्रै मजदुर सम्झीने अन्य दलका व्याक्तिलाई यस पटक विचार गरेर मात्रै मत दिनुपर्ने धारणा समेत राखे ।
कार्यक्रममा नेकपा एमाले बाट बुटवल उपमहानगरपालिकाका मेयरका उमेद्बार बाबुराम भट्राईले मजदुरको पक्षमा विगत लामो समय देखि वकालत गर्दै आएको बताउँदै आफु जहिले पनि मजदुरको पक्षमा रहेको बताए । खासगरी मजुरको सुरक्षा, विमा लगायत उचित पारिश्रमीक प्रदानको लागि आफ्नो पार्टीले निरन्तर पहल गर्ने जानकारी दिदै उनले बुटवलको सडक निर्माणको कारण परेको असरमा आफु मेयर बनेपछि ६ महिना भित्रमा सडक निर्माण पुरा गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।
कार्यक्रममा उप प्रमुखका उमेद्बार सावित्रा अर्यालले सबैको साथ र सहयोगबाट मजदुर आन्दोलनबाट आफु यो स्थान सम्म आएको भन्दै भोट दिएर जिताउन आग्रह समेत गरिन् । यस्त्तै कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटि सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश मजदुर ईन्चार्ज हरि बहादुर कार्की, जिफन्ट राष्ट्रिय कसमिटि सदस्य तथा वडा नम्बर १ का सदस्इ राजु भट्राई, शारदा पौडेल, जिवन अधिकारी, पदमराज रिजाल, प्रदेश सचिव सन्तोष केसी, दुर्गा क्षेत्रीकार्की, रुकमणी भट्राई, ठाकुर गैरे, लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रम अमित बहादुर आचार्य क्षेत्री को अध्यक्षता तथा घनश्याम गैरेको सञ्चालनमा भएको हो ।






















