ग्रीन र क्लिन सिद्धार्थ नगर बनाउछुु : खान

खबरपथ संवाददाता
१९ बैशाख २०७९, सोमबार २०:१८

भैरहवा । नेपाली कांग्रेसको तर्फबाट सिद्धार्थ नगरपालीकाको मेयर पदका आकाक्षीं ईश्तियाक अहमद खाँले सिद्धार्थ नगरपालीकालाई हरीयाली, सुुन्दर, सफा सहर बनाउन आफुुले उम्मेदवारी दिएको बताएका छन् । ‘भैरहवालाई ग्रीन, क्लिन शहर बनाउने मेरो अभियान हो, उनले भने– यसको लागी भैरहवामा बोटनिकल गार्डेन बनाउने छुु ।’

उनले यस संगै नगरको समस्याको बिषय रहेको छाडा चौपायाहरुको ब्यवस्थापनको लागी जग्गाको ब्यवस्था गरि कांजी हाउसको निर्माण गर्ने समेत बताए । सिद्धार्थनगर बडा नं ५ मा घरदैलोको क्रममा उनले आफ्नो भावी योजना सुनाउदै नगरलाई पर्यटन क्षेत्रसंग जोडेर विकास निर्माणका योजना संचालन गर्ने कार्यक्रमका वारेमा बताए । ‘नगरलाई सफा, सुन्दर बातावरणमैत्री र उपचारसहितको बनष्पती उद्यान बनाउने छु‘ खानले भने, ‘बिदेशी र स्वदेशी विभिन्न दातृ संस्था खोजेर नगरमा रिगंरोड तयार गर्नेछु ।

जहा रिगंरोडकोसंगै पानी सहितको नहरमा बोटिगं संचालन गरेर स्वदेशी र बिदेशी पर्यटकलाई आकर्षित गरिने छ ।‘ उनले प्लाष्टिक मुक्त नगर, फोहरमैलाको स्थायी व्यवस्थापन, ढल नाली सफाइ, नगरमा विभिन्न जाती तथा संस्कृतिको संरक्षण तथा प्रबद्र्धनकालागि पालैपालो दैनिक जातीय सास्कृतिक प्रर्दशन, शिपयुक्त श्रमिकको उत्पादन, नवजात शिसुुलाई बिमाको व्यवस्था र बिशेष कार्यक्रम ल्याएर सडक बालवालिका मुक्त सडक नगर बनाइने बताए । भिख मागेर गुजारा गर्नेकालागिपनि बिशेष कार्यक्रम ल्याइने उनले बताए । त्यस्तै उनले स्थानिय कला र संस्कृति झल्किने गरि दैनिक कार्यक्रमको आयोजना गरिने समेत बताए । भैरहवामा अन्र्तराष्ट्रिय बिमानस्थलको सञ्चालन संगै पर्यटकलाई नगरमा टिकाउन यो कार्यक्रमले सहयोग गर्ने उनको विश्वास रहेको छ । यसको साथै सातामा एक पटक बेलहिया हुदै भित्रिने पर्यटकलाई फुलद्वारा स्वागत गरिने योजना उनले सुनाए । यस अतिरिक्त बुद्धभत्ता घरघरमै, बालिका बिमा, वडा वडामा सार्वजनिक शौचालय, स्वच्छ खानेपानी, कृषकहरुलाई मलखाद, बिउउजिनको ब्यवस्था लगायतको योजनाहरु उनले सुनाए ।

उपमेयरकी उम्मेदवार थापाले आफूहरुसगं नगरको बिकास गर्ने स्पष्ट योजना रहेको बताईन् । उनले बिजयी भएमा गठबन्धनका नेता, कार्याकर्ता तथा आकांक्षीहरुसँग सुुझाव, सल्लाह र सहकार्य गरी आफुुहरुले जनाएका प्रतिबद्धता पुुरा गर्ने बताईन् । नगरको बिकासमा लाग्ने बताइन् । प्रतिगमनलाई पराजीत गर्न गठबन्धन गर्नुु परेको भन्दै उनले कांग्रेस र माओबादीका कार्याकताहरुलाई समेत इमान्दार भएर चुुनावी अभियानमा लाग्न आग्रह गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*