बुटवलको विकासमा लाग्छु : चिनबहादुर गुरुङ

खबरपथ संवाददाता
२२ बैशाख २०७९, बिहीबार २०:२१

बुटवल ।  आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका नेता चिन बहादुर गुरुङ उपप्रमुखका उम्मेद्वार छन । यो पटक नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको गठबन्धन कायम गरेर बुटवलमा चुनावी मैदानमा उत्रेका छन । गठबन्धनका तर्फबाट मेयरमा खेलराज पाण्डे, उपप्रमुखमा गुरुङको उम्मेद्वारी छ । एमाले र जनमुक्ति पार्टी गठबन्धनका विरुद्धमा उत्रिएको छ । पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका गुरुङ बुटवलमा भिजेका नेताका रुपमा चिनिन्छन । यातायात मजदुर क्षेत्रबाट राजीनीति शुरु गरेका गुरुङ अहिले दैनिक घरदैलौमा पुग्दै जनताको सुझाज लिदै आएका छन । २०२५ सालमा स्याङजा भिरकोट नगरपालिका साविक कालिकोटमा आमा दिलमाया र वुवा रुद्रसिंह गुरुङको कोखबाट भएको हो । गुरुङ २०४० सालमा बुटवल झरेका हुन । बुटवल उप–महानागरपालिका ३ मा बसोबास गर्र्दै आएका गुरुङ बुटवल आएपछि राजीनितमा थप सक्रिय भएका हुन । बि.सं २०४७ सालमा नेपाल कम्युनिष्ट पार्टी अन्र्तगत जनवर्गीय संगठन यातायात स्वतन्त्र, मजदुर संगठनको लुम्बिनी अञ्चल सदस्य हुदै उपाध्यक्ष बनेका थिए । २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्य गुरुङले २०५५ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका हुन । सरल स्वभावका गुरुङ राजनीतिलाई छलकपटको विरोधी हुन ।
२०७७ साल पुसमा केपि शर्मा ओलीले संसद विघटन गरेपछि यसको विपक्षमा उभिए । माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी लागेका उनी बुटवल नगरका अध्यक्ष हुन । प्रदेश सदस्य समेत रहेका गुरुङ हाल बुुटवल उपमहानगर वडा न. ३ को जनप्रतिनिधि समेत हुन । २०५४ सालमा साविक बुटवल वडा न ५ को जनप्रतिनिधि भएर काम गरेको अनुुभव छ । २०६२/६३ जन–आन्दोलनमा घाईते समेत हुन गुरुङ । २०७४ को निर्वाचनमा वडा न. ३ मा लोकप्रिय मतका साथ जनप्रतिनिधिमा निर्वाचित गुरुङले केहि समय वडाको कार्यवाहक अध्यक्ष भएर जिम्मेवारी वहन समेत गरे । बुटवलमा जनजाती समुदायको बाक्लो सहभागिता रहेको तर नेतृत्वमा जनजाती नपुुगेकाले पनि यो पटक उपप्रमुखमा उम्मेद्वारी दिदा समुदायको पनि न्याय भएको उनको बुझाई छ । समानता, स्वाभिमान र अवसर सहितको बस्नलायक बुटवल बनाउने संकल्प गठबन्धनले गरेको छ । पाँच दलीय गठबन्धनबाट उपप्रमुखका उम्म्द्वार गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश ।

उपप्रमुखमा तपाईको उम्मेद्वारी किन ?
बुटवल एउटा छुट्टै पहिचान र बिशेषता बोकेको ठाउँ हो । यसको आफ्नै विरासत छ । त्यसैले यो पटक म बुुटवलबासीको चाहनाको सम्बोधन गर्ने निर्णायक ठाउँमा पुुग्न चाहन्छु । म २०५४ सालदेखि निरन्तर रुपमा बुुटवलमा जनप्रतिनिधि भएर काम गरेको छु । म २०७४ सालमा सम्पन्न भएको निर्वाचनबाट वडासदस्यमा निर्वाचित भएर केहि समय कार्यवाहक अध्यक्ष भएर पनि काम गरेको अनुुभव छ । यो अनुुभवबाट मैलै बुुटवलबासीको समस्या, यहाँको आवश्यकताबारे जानकार छु ।
म ०७४ सालमा एमालेबाट निर्वाचित भए । तर, तत्तकालीन समयमा एमाले जे जे प्रतिबद्धता गरेको थियो, ती अधिकांश कामहरु भएनन । मैलै कयौं पटक बुटवलको मुख्य समस्याका बारेमा आवाज उठाए । तर, त्यसमा कुनै सुनुवाई भएन । त्यहाँ एकाधिकारवाद हावी भयो । हुँदा हुँदा संसद विघटन गरेपछि हामीले त्यो पार्टीमा बस्न सकेनौं । संविधान नै खतरामा पारेर पछि विद्रोह गरेर म नेकपा एकिकृत समाजवादीको बुटवल नगर अधयक्ष भए । आज संयोगले मैलै उपप्रमुखको टिकट पाएको छु । मलाई के विश्वास छ भने अब बुुटवल बदल्न जरुरी छ । बुटवलको जुन अस्तव्यस्तता छ । यसको परिवर्तन गर्नका लागि मेरो उम्मेद्वारी हो ।

तपाईँ त जनप्रतिनिधि भइसकेको व्यक्ति हो नी, उपप्रमुख हुँदैमा कायापलट कसरी हुन्छ ?
हो, म जनप्रतिनिधिका रुपमा काम गरेँ । तत्तकालीन समयमा जुन पार्टीबाट निर्वाचित भएको थिएँ, त्यो पार्टीले जनतासामूू गरेको कुनै पनि वाचा पूरा गर्न सकेन । मैलै नगरसभामा जति पटक कुरा उठाएपनि त्यसको नेतृत्वले सुनेन । आज म गठबन्धनबाट उम्मेद्वार बनेर बुटवलमा अपूरा, अधुरा जति पनि कामहरु छन । त्यही काम गर्नका लागि गठबन्धनको आवश्यकता परेको हो । एमालेले नेतृत्व गर्दा के हुदो रहेछ, त्यो त बुुटवलबासीले प्रष्टसँग थाहा पाएकै छन त । आज बुटवल घर हो, भन्न पनि लाजमर्दो अवस्था बनेको छ । सडकको दुराअवस्थाले त जनप्रतिनिधि हुँ भन्ने हैसियत पनि छैन जस्तो लाग्छ । मुख्य सडक मात्रै होईन । भित्रि सडकको हालत उस्तै छ । बजारमा अस्तव्यस्तता छ । वाचा गरेको फोहोर व्यवस्थापन अझै ज्यूूँका त्यूूँ छ । तिनाउ नदी किनारमै फोहोर फाल्न बाध्य हुनुपरेको छ । खानेपानी समस्या खोई समाधान भएको ? पारी बुटवललाई विकास गर्ने, स्मार्ट सिटि बनाउने जस्ता कुराहरु के भए, छर्लङ्ग छैन । त्यसैले यो पटक बुटवल बदल्न नेतृत्व पनि परिवर्तन गर्नुुपर्छ । त्यसको नेतृत्व गठबन्धनले गर्दैछ । म उपप्रमुख भएर एक पटक कसरी काम गर्नुुपर्छ भनेर देखाउन पनि चाहन्छु ।

बुटवलमा एमालेले आफ्नो गण मानेको छ ? तपाईहरुले कसरी जित्नुुहुन्छ ?
ठिक भन्नुुभयो, एमाले विगतमा गढ थियो । त्यो कस्ले बनाएको थियो ? त्यो हामीजस्ता इमान्दार कार्यकर्ता थियौं । त्यसैले एमाले बलियो बनेको थियो । आज त्यो पार्टीमा म जस्ता इमान्दार कार्यकर्ता कोही पनि छैन । इमान्दार कार्यकर्ताको पंक्ति थियो र पो बलियो शक्ति एमाले बनेको थियो । तर, आज हेर्नुुस् त्यो पार्टी आज के हुँदैछ । तपाईहरुले हेर्नुभयो भने आज बुटवलमा हार्ने निश्चित भएपछि विष्णुु पौडेल रातदिन नभनी कार्यकर्ता भेट्दै हिड्नुुभएको छ । विष्णुु पौडेल नै घरघर जानुपर्ने अवस्थाले एमाले बुुटवलमा कति कमजोर बनेछ भनेर सहजै भन्न सकिन्छ । हामी विभाजन भएका होईनौं, विद्रोह गरेका हौं । कम्यूूनिष्ट विचारबाट स्खलीत पार्टीमा इमान्दार पंक्ति छैनन । अर्कोतर्फ बुटवलबासीले एमाले नेतृत्वको स्थानीय सरकार हुँदा के चाँहि भयो, तपाईहरु नै विश्लेषण गर्नुस् न । आज हामीलाई कमजोर देख्नेहरुले हामीले यति छोटो समयमै बुटवलका १९ वटै वडामा कमिटि गठन गरेका छौं । इमान्दार नेता कार्यकर्ताहरु हामीसँग हुनुहुन्छ । होला एमालेले भिड जम्मा गर्न सक्ला । तर, त्यो भिड नेता र कार्यकर्ताको त होला । तर, जनमत हामीसँग छ । हाम्रो पार्टी एकिकृत समाजवादी सहित काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राजमो सँगै छौं । यो शक्ति आफैमा काफी छ । त्यसमाथी एमालेले गरेको संविधानमाथीको प्रहार अनी बुटवलमा जे गर्छु भनेको छ, त्यो काम नै नगरेकाले झनै सहज छ ।

तपाईले चुनाव जित्ने आधार के हो त ?
पहिलो कुरा हामी पाँच दलीय गठबन्धनमा छौं । दोस्रो कुरा हामीले बुुटवलबासीलाई धोका दिएका छैनौं । अहिले पाँच दलीय गठबन्धनको साझा संकल्प भनेको बुुटवलको विगतदेखिको विरासतलाई कायम गर्ने, बुटवललाई आर्थिक र व्यापारिक केन्द्र बनाउनै हो । आज बुुटवलले जे बदनामी कमाएको छ । त्यो कस्को कारणले भयो ? आज बुटवलमा कोही नयाँ पाहुुना आयो भने बुटवलमा बमबारी भएजस्तो देखिन्छ । विगतमा एमालेले जे काम गर्छु भनेको थियो, त्यो केहि पनि काम भएको छैन । फोहोरको समस्या, खानेपानी, सडकको अस्तव्यस्तता, स्थानीय सरकारले लिने करमा महंगी, ज्योतिनगर पहिरो प्रभावितको समस्या समाधान नहुनुु ।
यति मात्रै होईन, सबैभन्दा ठूूलो समस्या भनेको तिनाउ नदी छेउछाउको बस्तीका अव्यवस्थित बसोबासीहरुलाई लालपूूर्जा दिने वाचा कहाँ पुुग्यो । अहिले सुुकुम्बासीका नाममा, पहिरोको नाममा राजनीति भइरहेको छ । हो, यो सबै काम कस्ले ग¥यो भन्दा एमालेले गरेको छ । त्यतिमात्रै होईन तिनाउ दानव करिडोरका नाममा नागरिकलाई बुटवल उपमहानगरले विस्थापित गर्न खोज्यो । विकास त गर्ने हो तर, आज सुकुम्बासीलाई लालपूर्जा दिनुको सट्टा उल्टै घरमा डोजर लगाउने काम भएको छ । यो सबै काम कस्ले गरेको छ, जनताले बुझेकै छन त । त्यसैले यो पटक चुनाव जित्ने आधार भनेको एमालेले केहि काम पनि गर्न नसक्नुु नै हो । बुटवलका प्रत्येक नागरिकले झुुट कुरा गर्ने पार्टीका नेतालाई मत दिनुुहुन्न । म विश्वास दिलाउन चाहन्छुु, हामी ढाँटदैनौं ।

घरदैलौमा पुग्दा के कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
मैलै धेरै सकरात्मक उर्जा पाएको छु । बुटवलबासीहरुले यो पटक नेतृत्वमा नयाँपन खोजेका छन । यो भन्दा अगाडि जुन पार्टीले नेतृत्व ग¥यो, त्यसले आम जनताको समस्या सम्बोधन गर्न सकेको छैन । आज बुटवलको अस्तव्यस्ततालाई चिर्ने, सुकुम्बासी समस्या समाधान गर्ने, खानेपानी, ज्योतिनगरको पहिरोको समस्या समाधान गर्ने नेतृत्व खोजेका रहेछन । मैलै घरदैलौमा पुग्दा हामीबाट आशा धेरै गरेको पाए । बुटवल बनाउने आर्शिवाद पाएको छु ।

तपाईको प्राथमिकता के हो ?
मेरो पहिलो प्राथमिकता भनेको बुुटवललाई सुुन्दर र सफा शहर बनाउनेमा केन्द्रीत रहनेछ । आज बुुटवलको मुख्य सडकले बुटवलको बदनामी भइरहेको छ । यसो हुनुमा स्थानीय सरकार बेखबर जस्तै गरि बस्नुु पनि हो । अर्को कुरा ज्योतिनगरमा चुरेबाट खसेको पहिरो नियन्त्रणमा स्थानीय सरकारले काम नै गरेन । म आफै पनि बुटवल ३ को बासिन्दा भएकाले पहिरो नियन्त्रणमा वहालवाल मेयर शिवराज सुवेदीले वास्ता नै गर्नुुभएन ।
त्यसैले मैलै चुरेको पहिरो नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नेछु । अर्को दोस्रो कुरा अव्यवस्थित बासेबासी र सुकुम्बासी समस्या समाधान गर्नमै हुुुन्छ । आज बुुटवल उपमहानगरमा एमाले नेतृत्वले चुुनावको मुखमा जे काम गर्छुु भन्यो, त्यो काममा कुनै ध्यान दिएन । म आफैले कतिपटक कुरा उठाए । तर, मेयरले कहिल्यै चासो लिनुुभएन । यतिसम्मकी नयाँ सरकार गठन भएपछि बनेको भूूमिहिन सुुकुम्बासीको समस्या समाधान गर्नका लागि सम्झौता समेत गर्न नगएर एमाले नेतृत्वको स्थानीय सरकारले लालपूूर्जा पाउनबाट बञ्चित गराएको छ । त्यसैले यो समस्या समाधान गर्ने र अब सुुकुम्बासीका नाममा राजनीति गर्ने वातावरणको अन्त्य गर्नेछौं ।

अर्को कुरा बुुटवल आर्थिक र व्यापारिक केन्द्रका रुपमा विकास गरिनेछ । शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमकितामा राख्नेछौं । हामीले संकल्प प्रस्ताव पनि ल्याएका छौं । पालिकाले लिँदै आएको घरवहालकर, इ–रिक्सा सवारी कर, हाटबजार बैठकी कर र सिफारिस शुुल्क घटाउने संकल्प गरेका छौं । त्यस्तै निशुल्क स्वास्थ्य विमा गर्ने, महिलाका लागि निशुल्क सेनटरी प्याड उपलब्ध गराउछौं, बुटवल उपमहानगरले २ वटा अस्पताल सञ्चालन गर्नेछौं ।
बुटवल, सैनममैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर लगायतका पालिकाहरुहरुको एकिकृत विकासका लागि बुटवल भैरहवा विकास प्राधिकरण स्थापनाका लागि समन्वय गर्नेछौं । नागरिकलाई राहात दिने कामसँगै यस क्षेत्रका विज्ञहरुको क्षमता पहिचान गरेर प्रयोगमा ल्याउनेछौं ।
त्यसैगरि लैंगिक हिंसा र विभेद अन्त्यका लागि बिशेष कार्यक्रम सञ्चालन गरिनेछ । जसरी बुटवल मानवताको सहर भनेर चर्चा गरिएको छ त्यो काम भएकै छैन । विभेदहरु यो सहरमा देखिन्छ । त्यसैले हामी न्याय, समानताको पक्षमा काम गर्नेछौं । त्यसैगरि रिंगरोड निर्माण, ट्राफिक व्यवस्थापन, पारी बुटवललाई ऐतिहासिक शहरका रुपमा विकास गर्ने कामलाई प्राथमिकतामा राख्नेछौं ।

तपाईँको प्रतिस्पर्धी महिला हुनुहुन्छ ? यसले तपााईलाई असर गर्दैन ?
मैलै पनि यस्तो सुनेको छुँ । तर, नेपालको संविधानले प्रमुख र उपप्रमुख मध्ये एक जना महिला भनेर भनेको छ । उपप्रमुखमा महिला हुनुपर्छ, प्रमुख महिला हुनुहुँदैन भनेर भनेको छैन । तर, यहाँ एउटा चर्चा के गराईदैछ भने महिला भनेको उपप्रमुख मात्रै हुन भनेर मान्छे उचाल्ने काम भएको छ । हाम्रो पार्टीले बुटवलमा महिला मेयर बनाउने योजना बनाएका थियौं । तर, पछि गठबन्धनका कारणले म उपप्रमुखमा उठनुुु परेको हो । तर, हामीले तिलोत्तमामा महिलालाई मेयर बनाएका छौं । लुम्बिनी साँस्कृतिक नगरपालिकामा महिला नै प्रमु्ख हुनुहुन्छ । आज जसले महिला भएन भनेर भनेका छन नी,? ती पार्टीहरुले महिला प्रमुख किन नबनाएको मेरो प्रश्न छ । त्यति मात्रै होईन आज काठमाडौंको मेयर महिलाहिंसा गर्ने उम्मेद्वार कुन पार्टीले उठाएको छ । त्यसबारे खोईत उहाँहरु बोल्नुुभएको ।
महिलाको संख्या बारे म पनि सचेत छुु । तर, महिला उपप्रमुख हुँदा के चाँहि महिलाका लागि काम भयो । आज समिक्षा गर्ने की नगर्ने । न्यायिक समिति कति सक्रिय भयो । त्यसैले महिलाको अधिकारलाई सम्बोधन गर्न म सदैव तयार छुु । बुुटवलमा महिला उपमेयर हुँदा भन्दा बढि काम गर्छुु ।

तपाईले उपप्रमुखले चढ्ने गाडी असाहय, अनाथहरुको लागि एम्बुलेन्स बनाउने घोषणा गर्नुभएको थियो ? यो किन गर्नुभयो ?
वास्तवमा जनप्रतिनिधि भनेको सेवक हुन । हामी त्यहाँ जनताको मत लिएर जानुको अर्थ सुखसुविधा आफैले लिने होईन । म आजसम्म राजनीतिमा जसरी लागेको छु, यो सबै त्यागबाट नै भएको हो । त्यसैले म उपप्रमुखको उम्मेद्वार हुँदै गर्दा उपप्रमुखले चढ्ने गाडी, असाहय, अनाथ, जेष्ठ नागरिक, गर्भवती महिला, विपन्न समुदायका लागि एम्बुलेन्स सेवा दिनेछु । त्यसो त हामीले निशुल्क एम्बुलेन्स सेवा दिने संकल्प पनि गरेका छौं । तर, मैलै व्यक्तिगत रुपमा आफूले आफ्नै गाडी चढ्नेछु । उपप्रमुखको गाडी जनताको लागि प्रयोग गर्ने प्रतिबद्धता गरेको हुँ ।

अन्त्यमा के भन्नुुहुन्छ ?
बुुटवल भनेको नेपालको मध्यभागमा रहेको सामरिक महत्व र व्यापारिक आर्थिक हिसाबले केन्द्र भागमा छ । आज बुुटवलले विकास पर्खिरहेको छ । हुन त मतदाताहरुले सबै उस्तै हुन भनेर भन्छन । तर, होईन, अब को सहि र को झुुट छ त्यसको सामना गर्ने बेला आएको छ । हामी गठबन्धनबाट संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता बचाउने अभियानमा छौं । आज राजधानी बनाउछुु भनेर ढाट्ने, फोहोर प्रशोधन केन्द्र बनाउछुु भनेर ढाट्ने, स्मार्ट सिटि, लालपूर्जा वितरण, खानेपानी समस्या ज्यूँका त्यूूँ छोड्ने पार्टीलाई जनताले रुचाएका छैनन । त्यसैले मेयरमा काँग्रेसका खेलराज पाण्डे र उपप्रमुखमा मलाई भोट दिन अपिल गर्दछुु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*