दीपमा पुरस्कार तथा उपादान वितरण

खबरपथ संवाददाता
२२ बैशाख २०७९, बिहीबार २३:०१

बुटवल । दीप बोर्डिङ हाई स्कुलमा बिहीबार पुरस्कार तथा उपादान वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा शैक्षिक सत्र २०७७ र ७८ मा तहगत तथा कक्षागत रूपमा प्र्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई टीका, खादा, प्रमाणपत्र र ट्रफीद्वारा पुरस्कृत गरिएको थियो भने उत्कृष्ट हुने विद्यार्थीका अभिभावकलाई खादाद्वारा सम्मान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा बुटवल उपमहानगरपालिकाद्वारा प्रकाशित आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजामा ४ जी.पी.ए ल्याउने विद्यार्थीहरू सान्वी सिंह, सुयोग श्रेष्ठ, आरभी आचार्य र दिप्सनजङ रायमाझीलाई पुरस्कृत गरिएको थियो भने कक्षा ८ मा अध्यापन गराउने शिक्षकलार्ई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयमा ५ वर्षभन्दा बढी काम गरी सेवा निवृत्त हुने शिक्षक र कर्मचारीलाई १ महिनाको तलब बराबरको रकम, १० वर्षभन्दा बढी सेवा गर्नेलाई ३ महिना बराबरको रकम र १५ वर्षभन्दा माथि सेवा गर्नेलाई ५ महिना बराबरको रकमसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयमा सेवा गरेबापत सिर्जना लम्साल, भुवन रजाली, थमनबहादुर रेगामी, जानकी राना, लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको थियो भने स्व. शारदा न्यौपाने गौतम र स्व. रवीन्द्रलाल श्रेष्ठको परिवारका सदस्यलाई समेत उहाँहरूको सेवा अवधिअनुसार उपादान प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईको अध्यक्षता, उपप्राचार्य द्वय कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, वि.व्य.स. सदस्य तथा प्लस टु संयोजक वसन्त कुमार जोशी, लेखा प्रमुख रेखा श्रेष्ठ तथा विद्यालय सञ्चालक समिति सदस्य विष्णुमाया श्रेष्ठ, विज्ञान सङ्कायका संयोजक कमल नेपाल, कक्षा ९ र १० का संयोजक के.बी. खाम्चा, कक्षा ७ र ८ का संयोजक कृष्ण भुसाल, कक्षा ५ र ६ का संयोजक गान्धीराज थापा, कक्षा ३ र ४ की संयोजक पार्वती सिंह, कक्षा १ र २ की संयोजक आशा लिम्बु, कक्षा नर्सरी र केजीकी संयोजक पुष्पा गैरे, अभिभावक तथा पत्रकार केशव भण्डारी, रमेश कुँवर, राजेश भट्टराई लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्राचार्य सुरेन्द्रकुमार शाक्यले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*