बुटवल वडा नं १३ मा एमालेको र्याली : आफ्ना उम्मेदवारलाई जिताउन आग्रह

खबरपथ संवाददाता
२७ बैशाख २०७९, मंगलवार २१:४९

बुटवल । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज बुटवल उपमहानगरपालिका— १३ मा र्याली निकालेको छ ।
आफ्ना उम्मेदवारलाई जिताउन मतदातासँग आग्रह गर्दै बुटवलको जितगढीदेखि र्याली निकालिएको हो । र्यालीले झोलुङ्गेपुल, बेलवास, नयागाउँ, बोहोरा कलौनी, पहेलो भित्ता, सुन्तली चोक, सालघारी, बदेँलपोखरी लगायत वडाका विभिन्न स्थान हुँदै पितृथानमा पगेर समापन भएको एमाले जिल्ला कमिटी सदस्य जमुना सुवेदीले जानकारी दिनुभयो । र्यालीलाई वडाका स्थानीयले चोकचोकमा स्वागत गर्दै जितको शुभकामना दिएका थिए ।
र्यालीलाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बुटवलको विकासका लागि एमाले नेतृत्वको विकल्प नभएको बताउनुभयो । बुटवलमा सञ्चालित योजनालाई पूर्णता दिन र नयाँ योजना शुरु गरेर यो क्षेत्रको मुहार फेर्न एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । “गठबन्धनका उम्मेदवारसँग विकासको कुनै भिजन छैन, तयसैले एमाले उम्मेदवारका पक्षमा मदतान गरौँ”, अध्यक्ष केसीले भन्नुभयो ।
एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउँदै उहाँले १६ वटै स्थानीय तहमा विजयीको नजिक पुगेको बताउनुभयो । “हामी जितको नजिक पुग्न थालेपछि गठबन्धन दल आत्तिएका छन् यीनीहरुले हाम्रो उम्मेदवारमाथि आक्रमण उत्रिएका छन् । त्यसैले हामी सुरक्षित भएर हामी अगाडि बढ्नुपर्छ”, । उहाँले कांग्रेसले मतदाताको विवेक किन्ने प्रयत्न गरेको भन्दै सचेत रहन मतदातालाई अनुरोध गर्नुभयो ।
“कांग्रेसले जहाँ श्रमजिवी वर्ग बस्छन् त्यहाँ गएर मत किन्ने प्रयास गर्दैछन् । तर, हामी विवेकलाई पैसाले किन्दैनौ, हामी जनताको शिर निहुरने काम गर्दैनौ , हामी जनताका सेवक हौँ”, उहाँँले भन्नुभयो । एमाले सबै जाती वर्ग, भाषभाषीलाई सम्मन गर्ने पार्टी भएको जनाउँदै उहाँले संबिधानले प्रदान गरेको अधिकार प्रयोग गरेर शान्तीपूर्ण ढंगले निर्वाचनमा लागेको बताउनुभयो । “हामी परिवर्तनका संवाहक हौँ, गलत कामका विरुद्ध हामी सचेत छौँ, आस्थाका आधारमा विभेद गर्दैनौ”, केसीले भन्नुभयो ।
एमाले नेता कुमार थापाले समृद्ध बुटवलको चाहना पूरा गर्न एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।
अर्का निर्वाचन परिचालन कमिटी बुटवल १३ का संयोजक मधुकला कुँवरले अघिल्लो निर्वाचनमा वडाध्यक्षमा पराजित हुँदा विकासमा पछाडि परेको जनाउँदै अहिलेको निर्वाचनमा जसरी पनि जित हासिल गर्न आवश्यक रहेको बताउनुभयो ।
एमालेका वडाध्यक्षका उम्मेदवार शोभाखर पोखरेलले वडालाई विकासको नमूना बनाउन एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । एमालेले वडा नं १३ मा जनमुक्ति पार्टीसँग सहकार्य गरेको जनाउँदै चार जना एमालेका उम्मेदवार र एक जना जनमुक्तिका उम्मेदवारलाई मतदान गरी विजयी बनाउन उहाँले अनुरोध गर्नुभयो ।
र्यालीपिछि आयोजित सभामा निर्वाचन परिचालन कमिटी सह संयोजक योग गुरुङ, युवा नेता सरोज पोखरेल लगायतले बोल्दै सुर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*