बुटवलको मिलनचोकमा बम विस्फोट
खबरपथ संवाददाता
२८ बैशाख २०७९, बुधबार २१:३८
- 1Share

बुटवल । बुटवलको मिलनचोकमा कुकर बम बिस्फोट भएको छ । बुधबार साझ मिलनचोक आकाशे पुल नजिक कुकर बम बिस्फोट भएको हो । भौतिक तथा मानवीय क्षती भने भएको छैन ।
नेकपा माओवादीको नाममा रहेका केही प्रचाहरु समेत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । सो स्थान वरिपरि केही छर्राहरु समेत फेला परेका छन् । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी गराएको छ ।