बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता
खबरपथ संवाददाता
३१ बैशाख २०७९, शनिबार १४:०९
बुटवल । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ ।
कुल ११०० मत गणना हुँदा कांग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले ४५५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचनले २३६ मत ल्याएका छन् ।
त्यसैगरी तेस्रोमा एमालेका बाबुराम भट्टराईले १७९ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर १ को मतगणना चलिरहेको छ ।






















