बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै
खबरपथ संवाददाता
३१ बैशाख २०७९, शनिबार २३:५२
बुटवल । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ ।
बुटवलका वार्ड नं. १ र १७ को कुल ३ हजार ७५ मत गणना हुँदा कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले १३ सय ५५ मत प्राप्त गरेका छन् भने एमालेका बाबुराम भट्टराईले ७०४ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचनले ५ सय ९ मत प्राप्त गरेका छन् ।





















