बुटवल ७ को वडाध्यक्षमा कांग्रेसका गाहा बिजयी
खबरपथ संवाददाता
४ जेष्ठ २०७९, बुधबार १४:१३
बुटवल । बुटवल उपमहानगरपालिकाका वडा ७ को वडाध्यक्षमा कांग्रेसका पदमराज गाहा बिजयी भएका छन् । वडा नं. ७ को वडाध्यक्षमा कांग्रेसका पदमराज गाहा एमालेकी उम्मेदवार सीता थापा भन्दा ८५२ मतान्तरले विजयी भएका हुन् ।
पदमले २३४६ पाउँदा सीताले १४९४ मत पाइन् । अध्यक्षसहित चारैजना वडा सदस्यमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
अहिलेका मेयर शिवराज सुवेदीको वडा समेत रहेको बुटवल ७ मा कांग्रेस बिजयी भएको हो । बुटवल उपमहानगरपालिकाका गणना भएका १२ वटा वडामध्ये १० वटामा गठबन्धन बिजयी भएको छ ।






















