नेवा जनप्रतिनिधिहरुलाई सम्मान

खबरपथ संवाददाता
१४ जेष्ठ २०७९, शनिबार १७:४०

बुटवल । नेवा सेवा समिति बुटवलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, सम्मान कार्यक्रम गरिएको छ। स्थानिय निर्वाचनमा बुटवल उपमहानगरपालिकाका विभिन्न वडाका विजेता वडाअध्यक्ष, सदस्यहरुलाई
नेवा सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, बुटवलका उद्योगी समाजसेवी देविध्वज श्रेष्ठ, सल्लाहकार गोबिन्द कृष्ण कर्माचार्य, सल्लाहकार नवराज श्रेष्ठ, समितिका सचिव लक्ष्मण श्रेष्ठ, सदस्य लक्ष्मी श्रेष्ठले सम्मान पत्र, खादा र टिका लगाएर सम्मान गरेको हो ।

 

कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठ, वडा नं ५ वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठ, वडा न २ का वडाअध्यक्ष सुनिल शाक्य, वडा नं २ का वडा सदस्य गौतमलाल शाक्य, वडा नं ३ का वडा सदस्य पवित्रादेवि श्रेष्ठ, वडा नं ४ सदस्य अरुण कुमार श्रेष्ठ, वडा नं ५ सदस्य यमुना श्रेष्ठ, वडा नं ६ चिनकाजी श्रेष्ठलाई दुबोको माला लगाईएको थियो।

कार्यक्रममा सल्लाहकार नवराज श्रेष्ठले नेवारी संस्कार, संस्कृति जगेर्नाको मुल उदेश्य सहित समाजमा विवाद उत्पन्न नगर्ने गरि कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए। नेवार जातिहरुले ठाउँ बसाईसराई संगै नया क्षेत्रको आर्थिक विकाससंगै संचारको माध्यमका रुपमा समुदायमा योगदान दिएको दाबी गर्दै यसको आफैले फाईदा लिन नसकेको दुखेसो गरे ।

कार्यक्रममा समाजसेवी तथा समितिका चिरञ्जीवी जोशीले आफ्नै भाषा, संस्कृति, पहिचान भएको नेवार समुदाय अहिले पछि परेको भन्दै यसको संरक्षणमा संस्थागत रुपमा लाग्नुपर्ने बताए।
वडा नं ९ का वडाअध्यक्ष प्रदिप श्रेष्ठ, वडा नं ५ वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठले नेवारी भाषा, संस्कार र संस्कृति जगेर्ना गर्ने प्रतिवद्घता जनाए।  बुटवल उपमहानगरपालिकाको १९ वडामा २८ जना जनप्रतिनिधिहरु उम्मेदवारी दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*