आधुनिक कृषि उपज थोक बजार बनाउन बुटवल उपमहानगरले जग्गा ब्यवस्थापन गर्ने

खबरपथ संवाददाता
१४ जेष्ठ २०७९, शनिबार २३:३५

बुटवल । बुटवलको कर्साघाटमा आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजार निर्माणको लागि बुटवल उपमहानगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७८–७९ मा कर्साघाटमा कृषि उपज थोक बजार निर्माणको लागि बजेट छुट्टाए पनि जग्गा प्राप्ती हुन नसक्दा निर्माण कार्य सुरु भएन । कृषि उपज संकलन, प्रशोधन तथा ब्राण्डिङ्ग गरी स्वेदेशी तथा विदेशी बजारमा विक्री वितरण गर्ने उदेश्य सहित नेदल्याण्ड सरकारको अनुदानमा निर्माण हुने बजार निर्माणको लागि बुटवलको वडा नं. १५ र १६ को कर्साघाटमा जग्गाको ब्यवस्थापन गरिने भएको हो ।

यसको लागि उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले स्थानीयहरुको समन्वयनमा जग्गा ब्यवस्थापन गर्नको लागि वडा अध्यक्षहरुलाई निर्देशन दिनुभयो । शनिबार उपमहानगरपालिकाको कार्यालयमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीककरण प्रर्वद्धन केन्द्रले आयोजना गरेको परियोजनाको वर्तमान अवस्था र भावी कार्यक्रम सम्बन्धी बैठकमा बोल्दै पाण्डेयले यो परियोजना सफल पार्नको लागि सबै राजनीतिक दल, जनप्रतिनिधिहरुको साथमा अघि बढ्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*