यौन हिंसाको उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता

खबरपथ संवाददाता
१५ जेष्ठ २०७९, आईतवार १४:३५

काठमाडौं । सरकारले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन कानुन बनाउने तयारी थालेको छ । यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी कानुन बनाउन लागेको हो ।

यसका लागि आइतबार संघीय संसद सचिवालयमा विधेयक दर्ता गरिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले यौन हिंसाको मुद्दामा हदम्याद बढाउने सम्बन्धी विधेयक सचिवालयमा दर्ता गरेका हुन् ।

यौन हिंसाका पीडितले उजुरी दिने हदम्याद नै राख्न नहुने पनि आवाज उठिरहेको छ । तर, सरकारले विद्यमान कानुनलाई संशोधन गरेर हदम्यादको समय बढाउने गरी विधेयक सचिवालयमा दर्ता गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*