गुल्मेली सम्पर्क समाज रुपन्देहीद्वारा १९ औं स्थापना दिवस, सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न

खबरपथ संवाददाता
१८ जेष्ठ २०७९, बुधबार ०७:५२

रुपन्देही । गुल्मेली सम्पर्क समाज रुपन्देहीले मङ्गलबार १९ औँ स्थापना दिवस, सम्मान तथा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थापक कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र तिलोत्तमा नगरपालिकाका नव निर्वाचित नगरप्रमुख रामकृष्ण खाणलाई सम्मान गरिएको थियो भने सम्पर्क समाजमा पाँच हजार पाँच सय पच्पन्न दिएर आजीवन सदस्यता लिने गुल्मेलीहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्रका गतिविधिबारे अध्यक्ष यदुनाथ पाण्डेले, श्रृङ्गेश्वर धामका गतिविधिबारे धामका अध्यक्ष ऋषि भण्डारीले जानकारी दिनुभएको थियो भने समाजका सल्लाहकार बालकृष्ण भुसालले गुल्मेली सम्पर्क समाजको विगतसम्बन्धी प्रसङ्ग उल्लेख गर्दै आगामी गतिविधिमा सबैले साथ दिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी समाजका संस्थापक अध्यक्ष ई. हिराबहादुर भलामीले स्थापनाकालीन गुल्मेली सम्पर्क समाजका गतिविधि, यसका आरोह र अवरोहका बारेमा उल्लेख गर्दै समाज विशुद्ध सामाजिक भावनाबाट चलिरहेको हुनाले यसका गतिविधिमा सबैले मन, वचन र कर्मले साथ दिनुपर्ने बताउनुभएको थियो भने वर्तमान अध्यक्ष डा. नारायण प्रसाद पन्थले समाजले गरिरहेका विभिन्न गतिविधिका बारेमा जानकारी गराउँदै समाजका कार्यमा सबैको साथ, सहयोगको अपेक्षा गरेको कुरा बताउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रामकृष्ण खाणले राज्यले गर्नुपर्ने काम गुल्मेली सम्पर्क समाज रुपन्देहीले गरेकोमा खुसी व्यक्त गर्दै गुल्मेली सम्पर्क समाजको गुरुयोजना अनुसार सञ्चालनको तयारीमा रहेको ज्येष्ठ नागरिक मिलनकेन्द्रको आजीवन सदस्यता आफूले लिने घोषणा सहित समाजका बृहत् मानवीय सामाजिक गतिविधिमा स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समाजका सचिव पुरुषोत्तम पाण्डेयको संयोजकत्वमा सम्पन्न १९ औँ स्थापना दिवस, सम्मान तथा बृहत् रक्तदान कार्यक्रममा उपाध्यक्ष पारसमणि भण्डारीले जलपान व्यवस्थापन, सहकोषाध्यक्ष अर्जुन कुँवरले रक्तदान कार्यक्रमको संयोजन तथा उपाध्यक्ष सङ्गीता अर्याल, कोषाध्यक्ष विजय खनाल, सदस्य हेम थापा, बोमलाल भण्डारी, सिर्जना मरासिनी, गीता कँडेल लगायतले कार्यक्रमका विविध विषयमा सहजीकरण गर्नुभएको थियो भने सल्लाहकार तथा वरिष्ठ पत्रकार खिमानन्द भट्टराईले धन्यवाद मन्तव्य दिनुभएको थियो ।

समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा समाजका उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले स्वागत मन्तव्य, साहित्यकार रुद्र ज्ञवालीले कविता वाचन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव कृष्णप्रसाद पोखरेलले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*