फोहोर व्यवस्थापनमा १८ बुदेँ सहमति, आजवाट काठमाडौंको फोहोर उठने

खबरपथ संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार ११:०९

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमैला ब्यवस्थापनका बारेमा मध्यरातमा १८ बुदेँ सहमति भएको छ ।

काठमाडौंको फोहोर राती मात्रै व्यवस्थापन गर्ने देखी प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपुर्ति दिनेलगायत सम्झौता भए पछि शुक्रवार देखी अबरोध नहुनेसमेत भएको छ ।
‘काठमाडौं महानगरपालिकावाट बञ्चरे डाँडा कुडुँलेलेसम्म फोहोर ढुवानी गर्ने कार्य दिर्घकालिन रुपमा रातीको समयमा गर्ने, रातीको समयमा आवाश्यक पुर्वाधार बत्ती तथा वाटोको निमार्ण तथा व्यवस्थापन महानगरपालिकाले तीन महिनाभित्र गर्ने’ सहमति पत्रमा उल्लेख छ, ‘सिसडोल तथा बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिना भित्र व्यवस्थापन गर्ने ।’ सहमति पत्र अनुसार फोहोर बोक्ने गाडीवाट बाटोमा लिच्चड नचुहिने ब्यवस्था एक महिना भित्र मिलाउने जिम्मेवारी महानगरपालिकालाई दिईएको छ ।

प्रभावित क्षेत्र आवतजावत गर्ने तीन पिप्ले गल्छी बैकल्पिक राजमार्गको लागि नेपाल सरकारसँग अनुरोध गर्ने देखी तीन पिप्ले देखी बञ्चरे डाँडासम्मको फोहोर ढुवानी गर्ने सडकको नाममा जग्गाको लागत कायम गर्न पहल गर्नेलगायत १८ बुदेँ सहमति भए पछि काठमाडौं उपत्यकाको फोहोर आज देखी उठने भएको हो ।

सम्झौता पत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकिय अधिकृत लोकनाथ पौडयाल, ककनी गाउँपालिका १ नम्करका वडा अध्यक्ष पदम बहादुर श्रेष्ठ बलामी, तिलकबहादुर लामासहित धुनीवेसी नगरपालिकाका वडा अध्यक्षहरु श्रीमान बहादुर तामाङ, प्रकाश हमाल लगायतल हस्ताक्षर गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*