पहिरोको कारण मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध

खबरपथ संवाददाता
१६ असार २०७९, बिहीबार १४:५९

सिन्धुली । गोलन्जोर गाउँपालिका–६ हर्देनीमा गएराति ढुङगा, माटो सहितको पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन प्रभावित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*