जापानका पूर्व प्रधानमन्त्री अवेको निधन

खबरपथ संवाददाता
२४ असार २०७९, शुक्रबार १९:५३

टोकियो । जापानका पूर्व प्रधानमन्त्री सिन्जो अवेको निधन भएको छ । शुक्रबार विहान नारामा एउटा सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

गोलीलागि गम्भिर घाइते भएका उनको नारा मेडिकल युनिभर्सिटीमा उपचार भइरहेको थियो । स्थानीय समय अनुसार ५ बजेर ३ मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*