जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाइने

खबरपथ संवाददाता
२४ असार २०७९, शुक्रबार २१:५२

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ । उहाँको निधन प्रति गहिरो दुस्ख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजन प्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ, मन्त्रिपरिषद्को निर्णयमा थप भनिएको छ ।

गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि आज बिहान गोली प्रहार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*