पानी नपर्दा रोपा धान डढन थाल्यो, कपिलवस्तुमा अझै ४० प्रतिशत रोपाई हु्न बाकी
कपिलवस्तु । पछिल्लो २५ दिन देखि पानी नपर्दा कपिलवस्तुका कृषकहरुले खेतमा रोपेको धान डढन थालेको छ । गत असार १५ र १६ गते पानी परे पछि कृषकहरुले धमाधम रोपाई गरेका थिए । सिचाई सुबिधा हुने कृषकले त्यस अघि नै रोपाई गरेको थिए । सिचाई सुबिधा भएका बाणगंगा, बुद्धभुमी बाणगंगा नगरपालिका र मायादेबी र सुद्धोदन गाउपालिकाका कृषकहरुले खेतमा ७० देखि ९० प्रतिशत रोपाई सकेका छन ।
पानी नपर्दा रोपिएको धान खेतमा धुजा पर्न थालेका छ । यस्तै पानी र सिचाई अभावले अझै जिल्लाका ४० प्रतिशत खेतमा रोपाई हुन नसेको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ । लामोे खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि कपिलवस्तुका कृषकहरु चिन्तित बनेका छन । मल अभावको मार झेल्दै रोपाइ सकेका किसानहरु फेरी खरेडीकोले खेती नष्ट हुने भन्दै चिन्तित बनेका छन् ।
यो वर्ष धान उत्पादन घट्ने कृषक संघका जिल्ला अध्यक्ष चर्तुृभुज मणि त्रिपाठीले बताए । ‘ सिचाई सुविधा हुने कृषकले असार १५ अघि नै रोपाई सकेका थिए, असार १५ र १६ गते पानी परे पछि धेरै कृषकले धानको ब्याड हाल्ने र रोपाई गर्ने काम गरे ’ उनले भने ‘ लामो खडेरीले खेतमा धुजा परको छ, रोपा धान जति डढन थालेको छ ’ । यस्तै अवस्था रहे धान खेत पुरै नष्ट हुने संभवना बढेको उनले बताए । ‘ जिल्लामा सिचाईको सुबिधा नै छैन, सीमित सिचाई आयोजना संचालनमा छन ’ उनले भने ‘ लामो खडेरीमा पम्पसेटले कति धान्ने ’ । तौलिहवाका कृषक घाउ राका यादवले मलको अभाव बिच पम्पसेटले पानी तानेर लगाएको धान खेत अहिले भने सुखेर ढडन थालेको बताए । ‘ भाडमा पम्पसेट लिएर धान बल्लतल्ल रोपाई गरेको थिए, लामो खडेरीले पानी जति सबे सुक्यो खेत धाजा परेर फुटेका छन ’ उनले भने ।
लगानी जति सबै खेर जाने चिन्ताले पिरोलिएका कृषक घाउराका यादव अब परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन । लामो समय देखी पानी नपरे पछि रोपिएको धान खेती नष्ट हुन थाले पछि घाउराका यादव जस्तै कपिलवस्तुका अधिकांस कृषकहरु चिन्तामा छन । कृषि ज्ञान केन्द्र तौलिहवाका प्रमुख रबिन्द्र चौबेले लामो सयमको खडेरीले धान खेतीमा ठुलो असर गरेको बताए । उनका अनुसार जिल्लामा अहिले सम्म ६० प्रतिशत रोपाई सकेको र ४० प्रतिशत बाकी रहेको छ । ‘ पानी नपरेर यस्तै अवस्था रहे धान खेतीमा ठुलो असर गर्छ उत्पादन धेरै घटछ ’ ।
जिल्ला कै प्रमुख बालीमा अहिले खडेरीले गर्दा किसानहरुले ठुलो नोक्सानी ब्यहार्ने देखिएको उनले बताए । उनका अनुसार जिल्लामा बाहै मासे जम्मा २० प्रतिशत क्षेत्रमा मात्र सिचाई सुबिधा रहेको छ । जिल्लाका अधिकांस कृषकहरु आकाशे पानी कै भरमा खेती गर्छन । जिल्लामा ७१ हजार ५ सय हेक्टरमा धान खती गरिन्छ । जसबाट प्रति हेक्टर ३ दशमलव ९ मेट्रिक टन प्रति हेक्टर उत्पादन हुने गरेको छ । गत बर्ष पनि कृषकहरुले बेमौसमी बर्साले धान खेतीमा ठुलो नोक्सानी ब्यहोरेका थिए । सरकारले त्यसको क्षतिपुर्तिका लागि लगन संकलन गरे पनि हाल सम्म उपलब्ध नगराएको कृषकहरुको गुनासो छ ।




















