इन्जिनमा समस्या देखिएपछि यतिको जहाज पोखरामै अवतरण

खबरपथ संवाददाता
१३ श्रावण २०७९, शुक्रबार १६:१५

काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ।

पोखरा विमानस्थलबाट उड्ने वित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए।

उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताए।

सुवेदीका अनुसार नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो।

‘८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेक अफ भएको थियो। टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएको थियो,’ उनले भने, ‘बायाँ इन्जिनमा समस्या देखिएपछि अन्य जहाज रोकेर उक्त जहाजलाई ६ मिनेटभित्रै सुरक्षित अवतरण गरिएको छ।’

उक्त जहाजमा ४५ जना यात्रु थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*