म्याग्दीमा पहिराेले घर बगाउँदा दुई जनाकाे मृत्यु, तीन जना बेपत्ता

खबरपथ संवाददाता
१७ श्रावण २०७९, मंगलवार १२:४३

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा दुुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

आज बिहान घाम बहादुर विक र गोठे विकको घर पहिरोले बगाएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य सम बहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।

गोठे र उहाँकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन् । घामबहादुर, उहाँकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताहरुको खोजी गरिरहेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष वेग प्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभयो । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*