पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

खबरपथ संवाददाता
१७ श्रावण २०७९, मंगलवार १२:५०

काठमाडौं । पहिरोले चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि नै अवरुद्ध भएको सडक सञ्चालनमा आउन सकेको छैन ।

लामो समय सडक अवरुद्ध भएपछि राजमार्गमा यात्रुहरू अलपत्र परेका छन् । सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्गमा समेत प्रभाव भएको छ ।

भरतपुर महानगरपालिका-२९ स्थित केराबारी र १७ किलो भन्ने ठाउँमा सडक अवरुद्ध भएको छ । सडकमा लेदोसहितको पहिरो खसिरहेकोले पन्छाउन समस्या भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी प्रकाश श्रीमलले जानकारी दिए ।

पहिरो पन्छाउने काम भइरहे पनि समय लाग्ने देखिएकोले आज पनि दिनभर यातायात अवरुद्ध हुनसक्ने उनको भनाइ छ ।

चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पनि पहिरो खसेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*