बौद्ध पुरातात्विक शहर निर्माणका लागि राजमोको अभियान

खबरपथ संवाददाता
१७ श्रावण २०७९, मंगलवार २०:३८

बुटवल । राष्ट्रिय जनमोर्चाले बौद्ध पुरातात्विक शहर निर्माणका लागि अभियान चलाउने भएको छ । कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका बौद्ध पुरातात्विक महत्वका स्थानहरुलाई मिलाएर पुरातात्विक शहर निर्माणका लागि अभियान चलाउने राष्ट्रिय जनमोर्चाले बताएको छ । कपिलबस्तु, रुपन्देही, पश्चिम नवलपरासीमा बौद्धकालिन तथा प्राचीन सम्भयता रहेकाले ति मानवसंग जोडिएका सम्पदालाई जोडेर पुरातत्विक शहर निर्माणको परिकल्पना गरिएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी गराएका छन् ।

राष्ट्रिय जनमोर्चाले मंगलबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी बौद्ध पुरातात्विक शहर निर्माणबारे जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विश्वका बौद्धिष्टहरुका लागि आर्कषण केन्द्र बनाउन सकिने भएकाले अभियान सञ्चालन गरिएको बताए। पुरातात्विक शहर निर्माणको अभियान कुनैपनि धर्मसंग नजोडिएको स्पष्ट पार्दै उनले भने– बौद्ध पुरातात्विक शहरको निर्माणले पर्यटनको माध्यमबाट आर्थिक विकास र समृद्ध हासिल गर्न सकिन्छ । कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासीका विभिन्न स्थानहरुको पुरातात्विक अन्वेषण र संरक्षण गरे ऐतिहासिक ठाउंहरुलाई मिलाएर बौद्ध सम्भयताको एउटा विशाल शहर निर्माण हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ । तत्काल बौद्ध पुरातात्विक शहर नभए पनि अहिले परिकल्पना तथा सपना मात्र दखिएको र भन्दै यसको निर्माणका लागि आमनागरिक, सरकार, पुरातत्वविद् र सबै सरोकारवालाहरु लाग्नुपर्ने बताए।

बौद्ध सम्भयता शहर निर्माण कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले अहिले पनि कपिलबस्तुमा १३५, रुपन्देहीमा ९९ र नवलपरासीका ४० वटा पुरातात्विक स्थलहरु अन्वेषण र संरक्षण नभएकाले यी सवै स्थानमा उत्खनन गर्दै पुरातात्विक शहरको रुपमा विकास गर्न सकिने बताए। त्यस्तै संस्कृतविद् डा. गितु गिरीले १८९५ देखि नेपालमा उत्खनन सुरु हुन थाले पनि अझै पुरातात्विक सम्पदाको संरक्षण हुन नसकेको बताए। अहिले त धेरै पुरातात्विक सम्पदाको अन्वेषण नभई हराउन थालेको प्रति डा. गितु गिरीले चिन्ता व्यक्त गरेका छन् । उपप्रध्यापक लिलाबहादुर केसीले मानवसंग सम्बन्धित बौद्धकालिन सम्पदाहरुको उत्खनन् गरी विज्ञान प्रयोगशालाबाट प्रमाणित गर्नुपर्ने र राजनीतिक दलहरुले गम्भीर भएर लागेमा भविश्यमा अहिले कल्पना गरिएको बौद्ध पुरातात्विक शहर निर्माण गर्न सकिने तर्क गरे । राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षतामा कार्यक्रम भएको थियो । बौद्ध पुरातात्विक शहर निर्माणका लागि राष्ट्रिय जनमोर्चाले दुर्गा पौडेल संयोजक पांच सदस्य रहेको कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यहरुमा मनोज भट्ट, मिलाल पुरी, बद्रे आलम र घनश्याम न्यौपाने रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*