नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुलेको छ । आज बिहान साढे २ बजेतिर पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक करिब आठ घण्टापछि दुईतर्फी नै खुलेको हो ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी नै सडक खुलेको हो । धेरै तछाडमछाड गरेर गाडी चलाउँदा फेरि जाम हुन सक्ने भएकाले लेन अनुशासन पालना गरिदिन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको २३ घण्टापछि गएराति ९ बजेतिर बाटो खुलाइएको थियो । तर आज बिहान साढे २ बजेतिर फेरि पहिरो गएपछि बाटो अवरुद्ध भएको थियो ।




















