लुम्बिनी प्रदेशद्धारा ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाइकल प्रदान
बुटवल । लुम्बिनी प्रदेश सरकारले ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाईकल प्रदान गरेको छ । प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका लागी मोटरसाईकल प्रदान गरेको छ । विहीबार बुटवलस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश सरकारका आन्तिरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायलाई हस्तान्तरण गर्नु भएको हो ।
मोटरसाइकलहरु आवश्यकता अनुसार प्रदेशका जिल्लाहरुमा वितरण गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मन्त्रालयले ४४ लाख ९४ हजार ४ सय मूल्यका ती मोटरसाईकल प्रहरीलाई प्रदान गरेको मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले जानकारी दिनुभयो । मोटरसाईकल हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शर्माले प्रहरी जनताको साथी भएकाले जनताकै रेखदेखमा सहयोग पुग्ने आशासहित मोटरसाईकल उपलब्ध गराएको बताउनुभयो। प्रहरी प्रमुख उपाध्यायले प्रदेश सरकारप्रति आभार ब्यक्त गर्नुभयो ।




















