मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध

खबरपथ संवाददाता
२० श्रावण २०७९, शुक्रबार ०७:५१

काठमाण्डौं ।  मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो झरेपछि गएराति २ बजेबाट सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हाल तीन वटा डोजरको सहायताले पहिरो पन्छाउने काम सुरू भएको छ।

ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ।

यस अघि गएको सोमवार राति केराबारीमै गएको पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको थियो ।

बुधबार बिहान ९ बजे पहिरो पन्छाएर खुलेको सडक पुन गएरातिको पहरोले अवरूद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार एक साताको अवधिमा सो क्षेत्रमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*