शनिबार बिहानै नुवाकाेटमा ५.३ म्याग्निच्युडकाे भूकम्प
काठमाडौं । नुवाकोटमा आज बिहान भूकम्प गएको छ । नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर शनिवार बिहान ५:२६ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।
यसअघि साउन १५ गते बिहान ८ :१३ बजे खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समयमा भूकम्पको धक्का महसुस भइरहेको छ ।




















