त्रिशूलीमा ट्रक खस्यो

खबरपथ संवाददाता
२८ श्रावण २०७९, शनिबार १०:४९

काठमाडौं । मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका-५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ । ट्रक नदीमा डुबेकोले नम्बर पनि खुलेको छैन ।  घटनाको थप जानकारी आउँन बाँकी छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*